• सुवास संङ्कल्प निर्देशक तथा सञ्चारकर्मी

     तपाई कहा जन्मीनुुभयो ?



    - मेरो जन्म पुर्वको पशुपति अर्थात हलेशी महादेव भएको जिल्ला खोटाङ्ग मा भएको हो




     कस्तो परिवारमा ?



    - सामान्य पनि हैन, हुने खाने पनि हैन ! मध्यम बर्वाको परिवार हो हाम्रो !




     बाल्यकाल कसरी बित्यो ?



    - मेरो बाल्यकाल भनेको ३/३ घण्टाको उकालो बाटो हिडेर स्कुल जाने आउने ! अनि हाम्रो पसल-होटल भएको कारण आएर खेल्न धेरै पाईदैन थियो, काम गर्दै अनि पढेर नै बाल्यकाल बित्यो !




     मोडलिङ अनि सन्चार क्षेत्रमा कसरी आउनुभयो ?



    - मोडलिङ्ग मा म आईसकेको छैन ! तर धेरैजनाले भन्नु हुन्छ, फिल्म, म्युजिक भिडियोमा अभिनय गर्नुस ! तर अहिले म त्यसको लागि योग्य छैन जस्तो लाग्छ ! त्यसैले केहि सानोतिनो म्युजिक भिडियो निर्देशन गर्दै मोडलहरुलाई अगाडि बढ्न हौसला चै दिरहेको छु ! अनि संचार क्षेत्रमा चाहि मैले २०६७ सालमा एसएलसी परिक्षा दिए लगत्तै एउटा सस्थाबाट आयोजना गरेको मिडिया तालिम लिदै औपचारिक सुरुवात भयो ! त्यो पहिले चाहि म श्रोताको रुपमा एफएम रेडियोमा सहभागी हुन्थे !




     अनि भिडियो निर्देशक चाहि कसरी हुनुुभयो ?



    - म ईटहरिबाट कला र मनोरंजन बिटलाई मात्र लिएर अघि बढिरहेको एउटा मिडियाकर्मि हु ! त्यसैले भिडियो निर्देशन पनि यसै संग सम्बन्धित छ ! त्यहि भएर देखे सिकेको कुरालाई बाहिर ल्याएको हु !




     यि बाहेक अरु केही बन्ने सपना थियो की ?



    - यो बाहेक मेरो अरु केहि सपना छैन ! मेरो संकल्प नै कला मनोरन्जन बिटमा रहेर मिडिया क्षेत्रमा निरन्तर अघि बढ्ने हो !




     कसैले ल्याएको हो या आफै आउनुुभयो ?



    - मलाई कसैले ल्याएको हैन ! अहिले पनि म मेरो आफ्नो एक्लो निर्णयले यो क्षेत्रमा छु ! तर प्रवेश गरिसके पछि धेरै जना हुनुहुन्छ मलाई हौसला र सपोर्ट गर्नुहुने ! सुरुमा मलाई मेरो परिवारको अलिकति पनि साथ् थिएन, तर यो ८ बर्षे मिडिया यात्राको दौरानमा केहि प्रगति देखेर साथ् दिनुभएको छ 




     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?



    - कुनै पनि क्षेत्रमा सजिलै स्थापित हुन गाह्रो छ ! म अझै स्थापित भईसकेको छैन, संघर्ष गर्दैछु ! त्यसबेला ६ महिना सम्म साढे १ घन्टाको हाईवेमा कलेज सकेर साईकल हाक्दै रेडियोमा कार्यक्रम चलाउन आउथे, बिहानको खाना प्राय: २ बजे घर पुगेर हुन्थ्यो ! कति दिनसम्म चाउचाउ खाएर मात्रै पनि एफएममा दिन रात बित्यो !



     आफ्नै नजरमा सुवास के हो र कोहो ?



    - आफ्नो नजरमा सुवास 'मोठो बास्ना' हो ! जुन सबैलाई मन पर्छ ! अनि मुस्कुराई रहने मान्छे हो ! मुस्कुराएको सबैले मन पराउनु हुन्छ त्यसैले !




     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?



    - मलाई एउटा "रंग मिडियाकर्मि" हो भनेर चिनोस जस्तो लाग्छ !




     आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?



    - सहयोगी अनि अरुलाई हौसला दिन्छु !




     अनि कमजोर पक्ष चहि नी ?



    - कुनै पनि कुरामा छिटो निर्णय गर्छु, जसले कुनै कुनै बेलामा आपत पार्छ !




     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?



    - सबै समान ! तर संगत गर्दै जादा धोकेबाजहरु धेरै आए !




     तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?



    - अरुको अनुसार मिठो मुस्कान, बोल्ने शैली .. यस्तै यस्तै !




     तपाईलाई कति खेर रिस उठ्छ ?



    - काम गरिरहेको बेला कसैले बोलायो भने र सुतिरहेको बेला फोनको घन्टी बज्यो भने, त्यसैले आजकाल मोबाईल साईलेण्ट गरेर सुत्छु !




     अनि कतिखेर भावुक हुनहुन्छ ?



    - कसैले मेरो निस्वार्थ काममा अंकुशे लगाउन खोज्यो र सहयोग गर्दा उल्टै औला ठड्यायो भने !




     तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउछ ?



    - यो कुन खाले उत्तेजित भन्नुभएको अलि बुझिन ! तर, कुनै पनि कामलाई केन्द्रबिन्दुमा पुर्याउदैछु भने त्यो बेला चाहि उत्तेजित हैन उत्साहित हुन्छु ! अब अर्को खाले उत्तेजित त मान्छेको शरिर हो तपाई पनि बुझ्न सक्नुहुन्छ !




     तपाई कतिको संयमित हुनुहुन्छ ?



    - जीवनको भोगाई र ठक्करहरुले गर्दा अहिले चाहि निकै नै संयमित हुन्छु !




     अनि कतिखेर खुुसी हुनुहुन्छ ?



    - जुन बेला मैले मन देखि गरेको काम सफल हुन्छ !




     तपाईका दु:खहरु के हुन् ?



    - जिवनमा दुखहरु धेरै छन्, जुन भनेर साध्य नै छैन !




     अनि तपाईको सुख चाहि नी ?



    - घर परिवार खुशी हुनुहुन्छ, कला र मनोरंजनालाई मुख्य पात बनाएर "डिजिटल मिडिया"को आफ्नै अफिस खोलेर बसेको छु ! सुख यसैमा छ !




     तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?



    - केहि बर्ष अघि मोटरसाईकल दुर्घटना भएको थियो ! डाक्टरहरुले पनि माया मारिसक्नु भएको थियो, तर १३ घण्टा पछि होस् खुलेछ ! त्यो क्षण सम्झिदा, तर नया जीवनले नया जागर थपिएको छ !




     अनि खुसीको क्षण चहि नी ?



    - लुकेको प्रतिभा, जो संग पैसा अभाबले कला भएर नि गला भासिए सरह भएका थिए सपन श्रेष्ठ, जसलाई मैले एक्लो प्रयासमा सहयोग जुटाएर काठमाण्डौमा गीत रेकर्ड र भिडियो छायांकन गरेर भर्खरै गायक कमल खत्रीको उपस्थितिमा कार्यक्रम गरि सार्बजनिक गरे ! यहि हो जिन्दगीको सबैभन्दा ठुलो खुशीको क्षण !




     तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?



    - पार्ट्नरमा एउटा काम गरेका थियौ, पछि ति पार्ट्नरहरु चार तिर लागे आफु एक्लै परियो ! यहीबेला !




     अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?



    - सपनलाई निस्वार्थ सहयोग ! जसले म हस्पिटलको सैयामा छट्पटाउदा गीत गाएर मेरो लागि सहयोग जुटाओस ! मेरो स्वार्थ यहि छ !




     अनि गलत चहि नी ?



    - कसैलाई सहि व्यक्ति भनेर साझेदार बन्नु र संगत गर्नु ! तर त्यो मैले गलत गरेको उदाहरण धेरै पाएको छु !




     सबैभन्दा पछुुतो लागेको क्षण ?



    - खासै त्यस्तो केहि छैन ! आफ्नै सोचको लाईनमा छु !




     अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?



    - त्यस्तो धेरै त् रोएको छैन !




     अन्तिम पटक कहिले रुनुु भयो किन ?



    - केहि दिन अघि मात्रै म आफ्नै अफिसमा रोएको छु, जुन खुलाएर नभनौ ! तर मेरो जिन्दगीको पहिलो खुशीको क्षणमा कहि कतै दाग लाग्यो ! तर त्यो मेटिन्छ भन्ने विस्वासमा छु !




     तपाईलाई कस्तो मान्छे म पर्छ ?



    - खुलेर बोल्ने !




     अनि कस्तो मन पर्दैन ?



    - कुराहरु लुकाउने, अनि ढाट्ने !




     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?



    - पछाडी कुरा काट्दै हिड्ने अनि घमण्ड गर्ने !




     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?



    - खासै फुर्सद त् छैन तर भयो भने घुमघाम मै समय बित्छ !




     पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?



    - रुचिको क्षेत्र त मिडिया र कलाकारिता नै हो !




     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?



    - सिरिशको फुल




     अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?



    - अहिले पढ्ने समय मिलेको छैन !




     दोहोराएर पढ्नुु भएको पुुस्तक ?



    - सिरिशको फुल नै हो ! तर एकपटकमा नबुझेर दोहोर्याएको थिए !




     कस्ता फिल्म हेर्नुुहून्छ ?



    - नेपालि फिल्ममा प्राय सबैखाले हेर्छु !




     तपाईलाई मनपर्ने फिल्म ?



    - आमाको आशिर्वाद !




     दोहोराएर हेर्नुभएको फिल्म ?



    - छक्का पन्जा !




     तपाईलाई म पर्ने हिरो हिरोइन ?



    - साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर !




     तपाईलाई रुवाएको फिल्म ?



    - म फिल्म हेर्दा कहिले रुएको छैन, तर केहि फिल्म हेर्दा वरिपरि बस्नेहरु चाहि रुएको देखेको छु !




     मनपर्ने गायक–गायिका ?



    - कमल खत्री र मेलिना राई !




     मनपर्ने ठाउ ?



    - मुस्ताङ्ग मन पर्छ तर पुगेको छुन, जाने तयारीमा छु !




     मनपर्ने खाना ?



    - बिहान बेलुका खाने चामल को भात नै हो ! जसमा तरकारी चाहि कोबी !




     मनपर्ने पोसाक ?



    - आफु नेवार भएकोले आफ्नै जातिको पोसाक बढि मन पर्छ !




     तपाईलाई मनपर्ने नेपालका नेता ?



    - राजनीतिमा इन्ट्रेस्ट छैन तर बाबुराम भट्टराई मन पर्छ !




     अनि विदेशका मनपर्ने नेता चहिा नी ?



    - बाराक ओबामा !




     नयाा पुस्ताका नेपालका मनपर्ने नेता ?



    - रन्जु दर्शना !




     नेपालका मन पर्ने साहित्यकार ?

    - झमक घिमिरे !




     आफैंप्रति तपाईलाई केही गुनासो छ की ?

    - मलाई म प्रति केहि गुनासो छैन !




     अनि यो समाजप्रति चहि नी ?



    - समाज प्रति त गुनासो नै गुनाशो छ, तर समाजका मानिसप्रति को गुनासो चाहि भनेर साध्य नै छैन !



     जीवन के रहेछ ?



    - संघर्ष, भोगाई, सिकाई र सफलता !




     बााकी योजना र सपना कस्ता छन् ?



    - मैले संचालन गरेको डिथ्री अनलाईन पुर्व वा ईटहरि संगै काठमाण्डौमा मनोरंजन मात्रको एउटा मात्र पुर्वको डिजिटल मिडिया भनेर केहि रुपमा चर्चा हुदै छ ! त्यसैले यहि अफिसलाई व्यवस्थित गर्दै लोकप्रियताको सिखरमा पुर्याउने !




     पत्रकारितामा लागेर बााच्न सकिने वातावरण बनेको हो त ?



    - सहि तरिकाले लाग्ने हो भने जुनसुकै क्षेत्रमा पनि बाच्न सकिन्छ तर निरन्तरता चाहिन्छ !



     नयाालाई के सुझाप दिनुहुन्छ ?



    - सहि सोच बोकेर आउनुस, हरेश र दिक्दारिलाई चटक्कै माया मारेर जोशिलो अनि होसिलो बनेर मिडियाकर्ममा आउनुहोला !

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…