• कास्की, ११ कार्तिक  ।  विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शक्तिशाली सरकारले पनि जनचाहना अनुरुप काम गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ । पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक मिश्रले दुईतिहाई बहुमतको अधिकार सम्पन्न शक्तिशाली सरकार अरुलाई दोष दिएर जिम्मेवारीबाट पञ्छिन नमिल्ने उहाँको तर्क छ ।

    सरकार र प्रतिपक्ष दुबैले जनताका समस्याहरु समाधानमा ध्यान नदिएकाले अब जनताले वैकल्पिक शक्ति रोज्ने दावी उहाँको छ । ‘‘सरकार र प्रतिपक्षीको लाचारीपनले जनता निराश छन् । अबको विकल्प वैकल्पिक शक्ति मात्र हो,’’ मिश्रले भन्नुभयो ।

    पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जिल्लादेखि स्थानीय तहसम्म पार्टीको सङ्गठन विस्तारमा जोड दिँदै पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले पर्यटनसम्बन्धी एजेण्डालाई महत्वका साथ उठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…