झापा । झापाको बिर्तामोड स्थित एनएमबी बैकको शाखाबाट १७ लाख रुपैया लुटिएको छ ।
आज दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन १ का सेरबहादुर गुरुङको १७ लाख रुपैया बैक भित्रैबाट लुटिएको हो । गुरुङले बैंकको काउण्टरमा रकम जम्मा गर्न भौचर भर्दै गर्दै एक व्याक्तिले उनको पैसा भएको झोला बोकेर भागेका थिए । बैंकका सुरक्षा गार्डका अघिल्तिरबाट नै लुट्ेरा भाग्न सफल भएको पाईएको प्रहरीले बताएको छ ।
घटना मध्यान्न १२ः१७ बजे भएको बताईएको छ । रकम लुटेर भाग्नेको सिसि क्यामरा फुटेजबाट पहिचान खुलेकाले अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।
https://www.youtube.com/watch?v=ZX2ui2OQcF0