• काठमाडौँ, ११ कात्तिक  : नेपाल पत्रकार महासङ्घले काभ्रेपलाञ्चोक शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको खबरले स्तब्ध भएको जनाएको छ ।

    महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा ३ च २८७ जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित तीन जनाको निधन भएको थियो । आठ वर्षदेखि सक्रिय पत्रकार पराजुलीले ‘कान्तिपुर’ टेलिभिजन, ‘एभिन्यूज’ टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

    पछिल्लो समय ‘रेडियो गौरव’मा आवद्ध पराजुलीको निधनले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । महासङ्घले उक्त दुर्घटनामा परी निधन भएका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी र नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश नं ३ का अध्यक्ष विनोद कार्कीप्रति पनि श्रद्धाञ्जलि अर्पण गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…