• काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा ४० लाख रुपैयाँ खर्च गरेको छ । ५० हजारका लागि निम्ता दिइएको चियपानमा मान्छे भने ३३ देखि ३५ हजार जना भृकुटीमण्डप पुगेका थिए ।

    दशैं तिहार, नेपाल संवत् र छठका लागि समेत गरी एकमुष्ठ आयोजना गरिएको शुभकामना आदानप्रदान एवं चियापानका लागि खाजा खुवाउने जिम्मा अर्पण क्याटरिङले पाएको थियो । अर्पण क्याटरिङका एकजना कर्मचारी रविन्द्र हुमागाइँका अनुसार, खानेकुरामा दूध बाहेक पानी सहितका अरु सामान उनीहरुले नै दिएका थिए ।

    क्याटरिङले तयार पार्ने र निम्तालुहरुलाई दिने काममा कर्मचारी खटाएको थियो । शनिबारको चियाभोजमा १४ सय लिटर दूध भने क्याटरिङले नै किनेको थियो, करिब २५ हजार रुपैयाँको । हुमागाइँले स्टाफ परिचालन, खाजा तयार पार्नेदेखिको खर्चको  हिसाब निकाल्न दुई चार दिन लाग्ने बताए । उनले नेकपाको चियापानमा ३३ हजारले खाजा खाएको जानकारी दिए ।

    चियापान समारोहका लागि खर्चको बन्दोबस्त गरेको नेकपाको केन्द्रीय लेखा विभाग प्रमुख खेम पौडेलले भने चियापानमा ३५ हजारजति पाहुनालाई चिया खाजा खुवाइएको र मोटामोटी ४० लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।

    ५० हजारलाई निम्ता दिएकोमा १५ हजार किन घटे त ? उनले रमाइलो जवाफ दिए “तीमध्ये एकजना त पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पनि आएनन् नि !” । प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि त आउनु भएन नि ? “उहाँ त अलिक सन्चो नभएर हो नि त”, उनले भने । नेकपाले निम्तालुहरुलाई चिया सहित बोहोतामा केरा, कचौरी निम्की खुवाएको थियो ।हाम्राकुराबाट

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…