• हेटौँडा, १२ कात्तिक  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तिहारपछि शुरु हुने प्रदेशसभा बैठकबाट प्रदेशको राजधानी र नामकरण टुङ्गो लाग्ने बताउनुभएको छ ।

    सञ्चारकर्मीहरुसँग आज यहाँ सङ्क्षित कुराकानी गर्दै उहाँले सहमतिका आधारमा प्रदेशको राजधानी र नामकरण प्रदेशसभा बैठकबाट निर्णय गरिने जानकारी दिनुभयो ।

    मुख्यमन्त्री पौडेलले प्रदेशको नामकरणमा कुनै खास विवाद नरहेको उल्लेख गर्दै प्रदेशको राजधानी टुङ्गो लगाउने विषयमा कुनै हतार वा गाह्रो नभएको स्पष्ट पार्नुभयो । प्रदेश र सङ्घीय सरकारबीच कुनै विवाद नरहेको बताउँदै उहाँले आवश्यक कानून बनाउने कार्यमा प्रदेश सरकार लागिपरेको धारणा व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री पौडेललाई विद्युतीय सवारी

    प्रदेश नं. ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युुत्बाट रिचार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप खरीद गरी मुख्यमन्त्री पौडेललाई उपलब्ध गराउने भएको छ ।

    चिनियाँ कम्पनीद्वारा निर्माण गरिएको बीवाईडीई ६ मोडलको उक्त जीप आगामी एक हप्ताभित्र हेटौँडामा आइपुग्ने पनि मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । उक्त जीपको मूल्य रु ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देवीप्रसाद गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उक्त जीप पाँच सिट क्षमताको सुविधायुक्त रहेको छ । विद्युतीय रिचार्ज स्टेशनबाट डेढ घण्टा रिचार्ज गर्दा सो जीप करीब ३५० किलोमिटरसम्म गुड्न सक्ने क्षमताको रहेको बताइएको छ ।

    चिनियाँ कम्पनीको नेपाल एजेण्ट सूर्या गुड्स सप्लायर्सद्वारा बिक्री वितरण गरिने यस्ता विद्युतीय जीपलाई नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौँडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्व पश्चिम राजमार्गमा पनि केही महीनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्रीप्रसाद पाठकले जानकारी दिनुभयो ।
    –––  (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…