• बेनी, १३ कात्तिक
    : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगङ्गा माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले रु पाँच लाख बढीको अक्षयकोष स्थापना गरेका छन् ।

    सिङ्गापुर पुलिसबाट सेवानिवृत्त पिप्लेको घोटडाँडा निवासी कमल शाहीले दिवङगत बुबा देवबहादुर शाहीको स्मृतिमा रु पाँच लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको हो ।

    सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा सहयोगदाता शाहीले विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका आफ्ना स्वर्गीय बुबाको स्मृतिमा वार्षिक रूपमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी ‘देवबहादुर शाही स्मृतिकोष’ कोष घोषणा गर्नुभएको विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरीले जानकारी दिनुभयो ।

    सो कोषबाट प्राप्त हुने ब्याज रकमबाट वार्षिक ५० प्रतिशत छात्रवृत्ति र ५० प्रतिशत रकम विद्यालयको आन्तरिक व्यवस्थापनमा खर्च गर्ने गरी प्रबन्ध मिलाइएको सहयोगदाता शाहीले बताउनुभयो । आफूले अध्ययन गरेको र बुबाले अध्यापन गराएको विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउँदै उहाँले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा अक्षयकोष स्थापना गर्ने सहयोगदाता शाहीलाई विद्यालयका प्रअ ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर शाहीलगायतले सम्मान गर्नुभएको थियो ।

    मुटुरोगीलाई सहयोग

    बेनी नगरपालिका–१ रत्नेचौरकी मुटुरोगबाट पीडित विष्णु नेपालीको उपचारको लागि हङकङबाट रु एक लाख ७० हजार आर्थिक सहयोग जुटेको छ । आर्थिक विपन्नता रहेकाले उपचार गराउन समस्या भोगेकी नेपालीको उपचारको लागि मोना हङकङले रत्नेचौर घर भई हाल हङकङमा रहनुभएका महेन्द्र खत्रीको संयोजकत्वमा सञ्चालन गरेको आर्थिक सहयोग सङ्कलन अभियानबाट सो सहयोग जुटेको हो ।

    भानु माविमा कक्षा ८ मा अध्ययनरत नेपालीको मुटुमा प्वाल परेपछि अहिले मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचार भइरहेको छ । सो सहयोग रकम बिरामीका आफन्तलाई उपलब्ध गराइएको समन्वयकर्ता सुजन थापाले बताउनुभयो । त्यस्तै बेनी नगरपालिका–५ घर भई हाल दक्षिण कोरियामा रहनुभएका बाबुराम भण्डारीको संयोजकत्वमा रु २६ हजार ३०० सहयोग जुटेको छ । रत्नेचौर जागरण समूहले समेत परियारको उपचारमा सहयोगको लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको छ ।
    ––– (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…