• मोरङ ।मोरङ्गको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीका सहित १०वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय भलुवा खोलाबाट अनाधिकृत रुपमा गिटी बालुवा उत्खनन गरी निकासीका लागि लादै गरेको अवस्थामा ती सवारी साधन पक्राउ परेका हुन्।



    इलाका प्रहरी कार्यालय केराबारीले आईईई नगरेको प्रतिबन्धित क्षेत्रबाट गिटी बालुवा ढुंगा चोरीमा संलग्न ८ओटा हाइवा र २ ओटा ट्रिपर नियन्त्रणमा लिएको हो। चोरीमा संलग्न पाँचवटा गाडी केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीका र अरु पाँचवटा अर्का ब्यवसायी जंग लामाका हुन।


    प्रहरीले ना.६ख ६०५७, ना.७ ख.३२२०, ना.५ख.६८८९, ना.७ ख.९०१५, ना.७ ख.३६३९ नम्बरको हाइवा नियन्त्रणमा लिएको हो। त्यसैगरी चोरीमा संलग्न को.१ख.४३९६ , को.१ख.४६९८, को.१ ख.५००४ र को १ख. ५६२९ नम्बरको हाइवा तथा ट्रिपरलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक कार्वाहीका लागि केराकारी गाउँपालिका पठाईएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।



    आँफै धामी आँफैँ बोक्सी


    केराबारी गाउँपालिकाका अध्यक्ष आँफै सम्मिलित बैठकले सम्झौता पुरा नभई खोलाबाट ढुंगा गिट्टी ननिकाल्ने सम्झौता भएपनि अध्यक्षकै गाडीले सम्झौता पुरा नगर्नु अझै आईईई नै नगरेको ठाउँबाट गिट्टी बालुवा चोर्नु आँफै धामी आँफै बोक्सी गरेको स्थानीयको बुझाई छ।



    खोला ठेक्का लागेपनि ठेकेदार कम्पनीले ठेक्का सम्झौता बापतको रकम बुझाई नसकेको र गाउँपालिकाले खोला ठे्क्का सम्झौता गरी नसकेको हँुदा उत्खनन्मा संलग्न सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।



    बिगतमा जिल्ला समन्वय समितिले खोला ठेक्का लगाउदै आएपनि स्थानीय निकाय सञ्चालन कार्यवीधि अनुसार चालु आर्थिक बर्षमा केराबारी गाउपालिकाले खोला ठेक्का लगाएको छ। यद्यपी खोला ठेक्का लागेपनि ठेकेदार कम्पनीले सम्झौता गरिनसकेको हुँदा उत्खननमा रोक लगाइएकोले र गाउपालिकाको निर्णयपछि आइइइ गरीसकेको क्षेत्रबाट मापदण्ड अुनसार ढुंगा गिटी उत्खनन गर्न दिइने गाउपालिकाले तयारी गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…