• उर्लाबारी,१३ कात्तिक । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले एक समारोहका बीच मङ्गलबार मेलीफेला मौरीपालन सहकारी संस्था लि उर्लाबारीलाई मौरी प्रसोधन मेसिन हस्तान्तरण गर्नु भएको छ ।
    उर्लाबारीलाई मह उत्पादनको केन्द्रका रुपमा विकसित गर्ने मेलिफेरा मौरीपालन सहकारी संस्थाको दीर्घकालिक कार्यक्रम रहेको छ । सोही कार्यक्रमलाई नगरपालिकाले सहयोग गरेको हो । ५० प्रतिशत अनुदानमा मौरी प्रसोधन मेसिन सहकारीले प्राप्त गरेको सहकारी संस्थाका अध्यक्ष बोधराज खतिवडाले बताउनु भयो ।

    सहकारी संस्थाको कार्यक्रलयमा भएको कार्यक्रममा मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख फागोले कृषिमा आधारित उत्पादनको परनिर्भरता अन्त्य गर्न नगरले कृषि क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले अनुदान लिएर उत्पादनमा जोड नदिने किसान र कृषि समूहलाई नगरले सहयोग नगर्ने उल्लेख गर्नुभयो । महको हवका रुपमा उर्लाबारीलाई विकसित गर्न नगरपालिका र आफूले सहयोग गर्ने बताउँदै मेयर फागोले भन्नुभयो–‘मह उत्पादनका लागि आवश्यक घार निर्माण र चरन क्षेत्र निर्माणका लागि नगरपालिका सहयोग गर्न तयार छ । तर सहकारीले अनुदान प्राप्त गरेपछि उत्पादन वृद्धिमा पनि जोड दिनुपर्छ । नगरप्रमुख फागोले गुणात्मक उत्पादनमा जोडदिनु होस । बजारिकरण र चरण क्षेत्रमा विषादी न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न नगरपालिका तयार छ । उहाँले आयात विस्थापन गर्ने गरी उत्पादन गर्ने किसान र कृषि समूहलाई नगरले पुरस्कृत गर्ने समेत बताउनु भयो ।
    नगरपालिकाले २ लाख ४५ हजार रुपियाँ अनुदान प्रदान गरी संस्थाले त्यति नै रकम थपेर मह प्रसोधन गर्ने मेसिन खरिद गरेको हो । यस अघि उर्लाबारी क्षेत्रका मह उत्पादक किसानहरूले परम्परागत रुपमा मह प्रसोधन गर्दै आएका थिए । सहकारी संस्थामा आवद्ध ७८ जना किसानहरू ब्यावसायिक मौरीपालन ब्यावसायमा लागेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…