• केहि महिना अघि अमेरिकामा सम्पन्न मिस भुटान युएस-२०१८ को उपाधि अमेरिकाको प्रधान नर्थ क्यारोलाइनाका सार्लोटमा बस्दै आएकी सुचिता प्रधानले हात पारेकी छिन् । प्रधान. हिमालयन फेस्टिवल अन्तर्गत आयोजना हुने मिस भुटान युएस प्रतियोगितामा सहभागी ११ जना युवतीलाई पछि पार्दै उक्त उपाधि हात पार्न सफल भएकी हुन् । प्रस्तुत छ , शारीरिक वनावटलाई भन्दा विचारलाई सम्मान गर्ने अनि अमेरिकामा रहेको भुटानी समुदायको लागि केहि सकारात्मक कार्य गर्ने योजना बनाएकी प्रधानसँग हाम्रा सहकर्मी हेम गिरीले गरेको कुराकानी'-



     



    मिस भूटान यूएसको ताज हात पर्दा कस्तो महसुस भयो ?



    मिस भुटान युएस २०१८ को उपाधी हात पार्दा एकदम आश्चर्य अनि खुसी लागेको थियो किन कि मैले कहिले सोचेको थिइन् कि त्यो ताज मेरो शिरमा पर्छ भनेर ।



     



    मिस भूटान युएसएको उपाधी कसरी हात पर्न सक्नु भयो ?



    मिस भुटान युएसको लागि आवेदन दिए त्यसपछि एक हप्ताको तालिममा सहभागी भए । धेरै नँया कुरा सिक्ने मौका पाए, मैले मेरो ठाउँबाट सबै कुरा राम्रो गर्ने कोसिस गरिरहे त्यसैले त्यो ताज हात पर्न सफल भए ।



     



    मिस भूटान युएस हुन कसरी इच्छा लाग्यो ?



    मेरो परिवारको सहयोग अनि हौसलाको कारण अनि हाम्रो समाजमा रहेको ठुलो प्रतियोगिता मार्फत मानसिक रोग, चिन्ता, आत्माहत्यालगायत हाम्रो समाजको समस्यालाई समुदायामा अझै व्यापक तरिकाले ल्याउन सकिन्छ भन्ने लागेर यस प्रतियोगितामा सहभागी भएको थिए ।



     



    के कारणले गर्दा तपाईंले मिस भुटान युएसएको उपाधि चुम्नुभयो ? अरू प्रतियोगि र तपाईमा के फरक थियो ?



    मैले सके जति धेरै राम्रो प्रस्तुती मेरो ठाउँबाट प्रस्तुत गरे भन्ने लाग्छ । प्रतियोगितामा सहभागी हुनु भएका सबै जना प्रतियोगीहरु आफ्नो आफ्नो तरिकाले विशेष हुनुहुन्थ्यो । मैले बोल्ने, नृत्य गर्ने कोसिस अरु भन्दा भिन्न रहेर एक्लै गर्ने गर्थे । सबैको व्यक्तित्व फरक फरक हुन्छ भने जस्तै हामी सबैको विचार फरक थियो । मेरै कारण अनि मैले कोसिस गरेर प्रस्तुत गरेको प्रस्तुतीकै कारण उपाधी चुमेको हु भन्ने लाग्छ ।



     



    मिस भूटान युएस भए पछि आफुमा के फरक पाउनु भयो ?



    मिस भुटान युएस भए लगयतै मैले आफुमा केहि फरक पाएको छु । पहिला भन्दा धेरै आन्त्माविश्वशी भएको छु, मसँग धेरै आशा अनि योजना छन् त्यही योजना पुरा गर्छु भन्ने धेरै आश पालेर आएको छ अनि त्यो पुरा हुन्छ भन्ने पनि लाग्छ ।



     



    भावी योजनाहरू के के छन् ? समाजिक रूपमा भूटानी समाजलाई के गर्नु हुन्छ ?



    पढाई संग संगै सकेसम्म समुदयालाई सहयोग गर्ने हो । मेरो मनले के राम्रो भन्छ के गर्दा राम्रो हुन्छ त्यहि काम गर्न मन पराउछु । मैले सुरुमा पनि भनेको छु, मेरो विशेष योजना भनेको, मानसिक समस्याको विषयामा केहि सकारात्मक रुपमा विचार विमर्श गर्ने हो, जुन अगाडी हाम्रो समुदयमा गरिएको थिएन । सबैसंग कुराकानी गरेर यो विषयमा विशेष काम गर्ने अनि अमेरिकामा रहेको हाम्रो समुदायमा यो विषय धेरै कुरा गर्ने इच्छा छ ।






    मिस भूटान युएस प्रतियोगितालाई मान्छेहरूले किन आलोचना गर्छन् ?



    मलाई थाहा छैन किन मान्छेहरु मिस भुटान युएसलाई अहिले पनि आलोचना भनौ या विरोध गरिरहेको देख्न पाइन्छ तर सबैको आफ्नो आफ्नै विचार हुन्छ । कसैले यो प्रतियोगितालाई माया गर्छन अनि सहयोग अनि सल्लाह दिन्छन, कसै भने आलोचन अनि विरोध गर्छन तर प्रतियोगिताको सफलताको लागि गर्न चाहिं केहि गर्दैन्नन, त्यो राम्रो होइन, आलोचना गरेर बस्नु भन्दा प्रतियोगिताको लागि सल्लाह अनि सुझाव दिनु राम्रो हो ।



     



    मिस भुटान युएस प्रतियोगितालाई कसरी लिनु हुन्छ ? के यो प्रतियोगिताले मोड्लिङ्गमा आउन चाहने युवतीलाई सहयोग गर्न सक्छ ? यस प्रतियोगितामा आउन चाहानु युवतीहरूलाई के भन्नु हुन्छ ?



    म सहमत छु, यो प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर प्रप्ता हुन्छ अनि सिकेको कुरा समुदायलाइ दिन सकिन्छ । यो प्रतियोगिताले मोड्लिङ्गमा आउन चाहने युवातीहरुलाई धेरै सहयोग मिल्छ । मिस भुटान युएसमा आउन चाहने सम्पुर्ण युवतीलाइ कुनै लाज, डर नमानी तपाईको चाहना या सपना पुरा गर्न आफुलाई विस्वास गरेर धेरै कुरा सिक्नु होस् अनि साथीहरुसंग रमाइलो गर्दै प्रतियोगितामा सहभागी हुन अनुरोध गर्छु ।



     



    मन पर्ने सेलिब्रिटीहरु भन्नु पर्दा ?



    दीपिका पादुकोण, प्रियंका कार्की, एंजेलीना जोली, प्रत्येक देशका राम्रो काम गर्नेहरु मलाइ मन पर्छन, उहाँहरुको कामकै करण उहाँहरुलाई मन पराउछु ।






    मायालाई कसरी परिभाषा गर्नु हुन्छ ?



    मायाको धेरै परिभाषा होलान, धेरै जनाले धेरै तरिकाले मायाको परिभाषा गरेको देख्छु, मेरो परिभाषा चाहिं, माया भनेको यस्तो चिज हो, जसले सारा संसारलाई धैर्य गर्ने पाठ सिकाउछ ।



     



     



    अन्त्यमा के भन्नु हुन्छ ??



    सबैमा धन्यवाद, जस्ले मिस भुटान युएस प्रतियोगितालाइ सहयोग अनि सल्लहा दिइरहनु भएको छ । अन्त्यामा, केहि राम्रो गर्न सुरुमा गाह्रो अनि केहि असहजता भए पनि कोसिस जारी राखे बिस्तारै त्यो काम राम्रो तरिकाले पुरा हुनेछ । पुन सबैलाई धेरै धन्यवाद ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…