• लेटाङ(मोरङ) १३ कात्तिक ।नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले एक समारोहका बीच मङ्गलबार नेपाली कांग्रेस लेटाङ नगर समितिको कार्यलयको उद्घाटन गर्नु भएको छ ।
    शुभकामना आदान प्रदान तथा नगर कार्यलय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सभापति लिम्बूले पार्टी संगठन बलियो बनाउन लागि संगठन चलायमान हुनु पर्ने बताउनु भयो । आफ्ना कार्यकर्तालाई समय समयमा विभिन्न कार्यक्रमहरूमा सहभागी गराए मात्र पार्टीका नेता र कार्यकर्ताहरू बीच दीगो सम्बन्ध कायम हुन सक्ने उहाँको भनाई थियो । लिम्बूले नेपाली कांग्रेस सत्तामा नरहे पनि जनता बीच रहेको बताउँदै उल्लेख गर्दै नागरिकको काम गर्न सत्ता आवश्यक नपर्ने बताउनु भयो । कांग्रेस जनतामा माझ नै रहेको सभापति लिम्बूको भनाई थियो ।
    नेपाली कांग्रेस महासमिति सदस्य एवं लेटाङ नगरपालिकाका मेयर शंकर राईले नेपाली राजनीतिमा कांग्रेसको विकल्प अरु कुनै दल नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो –‘नेपालका सबै राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस केही समय संसदमा प्रतिपक्षी दल हुँदैमा आत्तिनु पर्दैन ।’

    नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो कांग्रेस कार्यकर्तामा अनुशासनको अभाव भएको टिप्पणी गर्नुभयो । उहाँले नेताहरूमा राजनीतिक संस्कारको अभाव भएको बताउँदै फागोले भन्नुभयो – नेताहरू कार्यकर्तामा प्रस्तुत हुने शैलीमा परिवर्तन आवश्यक छ । उहाँले ठर्रा र नचाहिदो रवाफले पार्टी संगठन कमजोर हुने बताउँनु भयो ।



    नेपाली कांग्रेस लेटाङ नगर समितिका सभापति राजकुमार लामाको सभापतित्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा भवन निर्माण समितिका संयोजक दीपकचन्द्र राईले भवन निर्माणका आय ब्यय प्रस्तुत गर्नु भएको थियो । तत्कालिन चारतारे युवा क्लवले निर्माण गरेको भवनलाई नै पार्टीले मर्मत सम्हार गरी कार्यलयको रुपमा स्थापित गरेको हो ।
    सोही अवसरमा भवनको मुख्य गेट निर्माणमा सहयोग पु¥याउने तीन जनालाई नगर समितिले सम्मान गरेको थियो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…