प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
धनकुटा खबर
§ तपाई कहाँ जन्मीनु भयो ?
- धनकुटा जिल्लाको साविक पाख्रीबास नगरपालीका - 4 मा
§ कस्तो परिवारमा ?
- मद्यम परिवारमा
§ बाल्यकाल कसरी बित्यो ?
- घरको काम खासै गरिएन भन्दापनि गाईबस्तु हेर्ने काम (गोठालो) चै गरिन्थ्यो, दिनको एकभारी सोत्तर ल्याऊने काम ठेक्का जस्तै थियो । बाँकी खेल्ने - पढ्ने गरेर बिताईयो ।
§ सन्चार क्षेत्रमा कसरी आउनुभयो ?
- कलेज लाईफमा हल्का कलम चलाईन्थ्यो । साथीहरुसँग मिलेर भित्ते पत्रिका प्रकाशित गर्नुकासाथै साहित्यीक पत्रिका 'कोपीला'मा पनि आबद्द भईयो जुन धनकुटाबाटै प्रकाशित गरिन्थ्यो तर बिबिध कारणले त्यसले निरन्तरता पाऊन सकेन र बन्द गरियो । यसका साथै कलेजको पुस्तक मध्येमा 'मास कम्यूनिकेशन'मा बढी रुची लाग्थ्यो, यो नै प्रेरक बन्यो ।
§ अरु केही बन्ने सपना थियो की ?
- समाज सेवामा बढी रुची हो, त्यसलाई निरन्तरता दिन पत्रकारीतालाई अङ्गालेको हुँ ।
§ कसैले ल्याएको हो या आफै आउनु भयो ?
- मेरा ज्वाई विदुर कुँवर र मित्र सुर्य बश्याल लाई सम्झन चाहन्छु, उहाँहरुले नै बिशेष सहयोग र उर्जा दिनु भएको हो । छाडिएको पत्रकारीता बिदेश आएपछि समय विताऊनेको रुपमा काम गर्दा गर्दै अब त अभिन्न अङ्ग नै भै सक्यो ।
§ सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
- अनलाईनमा आवद्द भएपछि धेरै नै संघर्ष गरियो, समय र लगानीको कुनै प्रबाह गरिएन फलस्वरुप धनकुटा खबरलाई आजको स्थितीमा ल्याऊन सफल भैएको छ भन्नुपर्ला ।
§ आफ्नै नजरमा तपाई के हो र को हो ?
- तत्कालिन अबस्थालाई हेर्दा म 'घरकै पाहुना र मुलुकमा अटाउन नसकेको मान्छे' ।
§ मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
- पत्रकारीता मार्फत समाज सेवकको रुपमा तर समयले साथ दिईरहेको छैन, सोचेजस्तो काम गर्न समय अनुकुल हुनसकेकोछैन ।
§ आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
- सहयोगी, जिम्मेवार र कर्तव्य निष्ठ ।
§ अनि कमजोर पक्ष चहि नी ?
- कितावको पहिलो पाना जस्तै जान्न र बुझ्न पल्टाउनै नपर्ने, अनि जो-कोहीको आँशुमा छिट्टै पग्लन्छु । - खासमा यी दुबै नै घातक छन किनकी ओपन माईन्डको मान्छेलाई जस्ले जतिबेलापनि सकारात्मक या नकरात्मक रुपमा प्रयोग गर्न सक्छ । र आँशुमा बहकिने मान्छेलाई कारणको गहिराई सम्म पुग्न कठिन हुन्छ, भावनाले नै दिँदैन ।
§ कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
- उसको बोल्ने शैली र ब्यबहारमा भर पर्छ ।
§ तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
- स्वभाव परिवर्तनशिल हुनेभएकोले मुख्यतः समय र परिस्थिती नै हो ।
§ तपाईलाई कति खेर रिस उठ्छ ?
- जिम्बेवारी पाएको मान्छेले कर्तब्य भुल्दा वा बे-वास्ता गरेको देख्दा अति नै रिस उठ्छ ।
§ अनि कतिखेर भावुक हुनहुन्छ ?
- गरेको काम नगरेझै, नदेखे झै गर्यो भने ।
§ तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
- फाल्तुका तर्कले कहिलेकाही उत्तेजित तुल्याऊछ ।
§ तपाई कतिको संयमित हुनुहुन्छ ?
- संयमित त हुनै पर्यो नी, हरेक पाईलामा काँडै-काँडा छन यहाँ ।
§ अनि कतिखेर खुसी हुनुहुन्छ ?
- यस्तो काम गर्छु भन्ने सोचिसकेपछि थालनी मात्रै भएपनि गर्न पाईयो भने खुसी लाग्छ, सफल भयो भने त झनै खुशी ।
§ तपाईका दुःखहरु के हुन् ?
- सुख-दुःखको ढिस्कुरो हो जीन्दगी, अब कुन दुःख चै भनुम र भनी साध्य नै छैन ।
§ अनि तपाईको सुख चाहि नी ?
- घर परिवारको खुशी मेरो सुख ।
§ तपाईको जीवनको सबैभन्दा दुःखद क्षण ?
- जुन दिन डिग्री पढ्दापढ्दै प्रमाणपत्रहरु बाकसमा थन्क्याएर बिदेशिए ।
§ अनि खुसीको क्षण चहि नी ?
- खुसी क्षणीक हुन्छन, ठ्याक्कै यही भनेर अहिले सम्झनै सकिएन ।
§ तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
- डिग्री पढ्ने सपना बोकी काठमाण्डौं छिरेपछि लामो समयसम्म योग्यता अनुसार काम नपाऊदा समायोजन हुन निकै कठिन परेको थियो, यसैलाई जीवनको अफ्टेरो मोड मान्छु ।
§ त्यसलाई के को बलमा पार गर्नुभयो ?
- शिक्षक पेशा अङ्गालियो जुन सहयोगी बन्यो ।
§ अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
- अनलाईन पत्रकारीता शुरुवात गर्ने सोच मेरालागि सबैभन्दा सही निर्णय थियो जस्तो लाग्छ ।
§ अनि सबैभन्दा गलत निर्णय चहि नी ?
- योग्यता हुँदाँहुँदै पनि सारा प्रमाणपत्र बाकसमा थन्क्याएर बिदेशिने निर्णय लिनु मेरालागि सबैभन्दा गलत निर्णय थियो ।
§ सबैभन्दा पछुतो लागेको क्षण ?
- अनलाईन पत्रकारीता धेरै जनाको शेयर लगानीमा शुरुवात गरेका थियौं, पछि छिन्न भिन्न भएपछि धेरै नोक्सानी पनि बेहोर्नु पर्यो - यसैमा अझै सम्म पछुतो छ ।
§ अहिलेसम्म सबैभन्दा बढी रुनु भएको क्षण ?
- अहिले सम्म खासै रुँन परेको छैन ।
§ अन्तिम पटक कहिले रुनु भयो किन ?
- रोए जस्तो लाग्दैन ।
§ तपाईलाई कस्तो मान्छे मन पर्छ ?
- समाजसेवी, आदर्शवान, साचो बोल्ने, छलकपट नगर्ने स्वभावको मान्छे ।
§ अनि कस्तो मन पर्दैन ?
- छल कपट गर्ने र मैहुँ भन्ने स्वभाब भएको ।
§ तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
- आफूले आफूलाई सर्वेसर्वा ठान्ने मान्छेलाई ।
§ फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
- अनलाईन चलाईन्छ त्यसैले खासै फुर्सदको समय मिल्दैन ।
§ पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
- अध्यापन
§ तपाईलाई असाध्यै मन पर्ने पुस्तक ?
- मुनामदन ।
§ अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
- अहिले पत्रपत्रिका मात्र हो पुस्तक पढ्ने उस्तो समय मिलेको छैन ।
§ दोहोराएर पढ्नु भएको पुस्तक ?
- यस बारेमा मलाई पागल नै भनेपनि हुन्छ किनकी एउटा अतिनै पुरानो पुस्तक थियो पहिला मेरो घरमा, मैले फेला पार्दै त्यस कितावको कभर थिएन, त्यसैले त्यसको लेखक र किताबको नाम थाहा भएन त्यो मैले सायद धेरै पटक थिचोलेको छु, पुरानो उपन्यास हो तर आधुनीक साईन्टिफीक मुभी को कथा स्टाईलमा लेखिएको तियो, त्यस कितावका हरेक वाक्य-वाक्यले सपनाको दुनीयामा पुर्याईदिन्थ्यो । त्यो कितावको मैले खोजी त गरीहेरें आफ्नै आईडियाले तर नाम, लेखक थाहा नभएकोले पाऊन सकिन । त्यस कितावमा प्रमुख पात्र 'हात्तिम' थियो । यो बाहेक मैले मुना मदन नै हो धेरै पटक पढेको ।
§ कस्ता फिल्म हेर्नुहून्छ ?
- लभ स्टोरी, थ्रिलर फिल्म अति मन पर्छ ।
§ तपाईलाई मनपर्ने फिल्म ?
- झोला ।
§ दोहोराएर हेर्नुभएको फिल्म ?
- दर्पण छाया, करोडपती, यी दुवै पुराना फिल्म हुन । ५-७ पटक त हेरेहोला त्यसबेला ।
§ तपाईलाई म पर्ने हिरो हिरोइन ?
- केकी अधिकारी, उनको अभिनय जिवन्त लाग्छ ।
§ तपाईलाई रुवाएको फिल्म ?
- दर्पण छाया ।
§ मनपर्ने गायक–गायिका ?
- मेलिना, रामकृष्ण ढकाल
§ मनपर्ने ठाउँ ?
- तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेका तीनजुरे मिल्के जलजले (टिएमजे)
§ मनपर्ने खाना ?
- दाल, भात, तरकारी
§ मनपर्ने पोसाक ?
- सामान्य सर्ट-पेन्ट नै हो ।
§ तपाईलाई मनपर्ने नेपालका नेता ?
- केपी ओली ।
§ अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
- मोदी, जे जस्तो भएपनि नीति भएका नेता हुन ।
§ नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
- योगेश भट्टराई
§ नेपालका मन पर्ने साहित्यकार ?
- झमक घिमीरे
§ आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
- खासै छैन, बिन्दास छु ।
§ जीवन के रहेछ ?
- उतार-चढाबको संगम ।
§ बाँकी योजना र सपना कस्ता छन् ?
- म लगायत धनकुटा खबर मा आबद्द सहकर्मी मित्रहरुलाई एकै धागोको सुत्रमा राख्दै अनलाईन टिभी सञ्चालन र सर्टमुभी उत्पादन गर्ने ।
§ पत्रकारितामा लागेर के पाउनुभयो ?
- आत्मसन्तुष्टी ।
§ अनि के गुमाउनु भयो ?
- गुमाईहालेको छ जस्तो लाग्दैन ।
§ पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
- निरन्तरता नै हो । हरेश नखाई निरन्तर लागिपरे जुनसुकै क्षेत्र पनि जीविकोपार्जनको माध्यम बन्छ भन्ने लाग्छ ।
§ नयाँलाई के सुझाप दिनुहुन्छ ?
- निडरभै कलम चलाउनुहोस् जसले समाज र देशलाई केहि मिलोस ।