• मीनकुमार ‘नवोदित’ पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तित्वको नाम हो । ‘नवोदित’ पत्रकारिता क्षेत्रमा मात्र नभएर साहित्य जगतमा पनि उत्तिकै प्रखर हुनुहुन्छ । २०५२ देखि साहित्यिक लेखन र २०५७ देखि निरन्तर पत्रकारिता मा लागिरहनुभएका नवोदितको कलमजिवी हुनुहुन्छ ।
    २०३८ साल भदौ १७ खोटाङ, बतासे–७, रात्माटामा बुबा गंगाबहादुर श्रेष्ठ र आमा धनमाया श्रेष्ठ पुत्ररत्नका रुपमा उदाएका मीनकुमार रेडियो,टेलिभिजन र पत्रिकामा काम गर्ने मेहेनती पत्रकारमा पर्नुहुन्छ । विराटनगरलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहनुभएका नवोदितलाई हामीले आफ्नो जिवन भोगाई प्रश्न सौध्यौ, जसको जवाफ यस्तो छ ।

     तपाई कहाँ जन्मिनुुभयो ?
    खोटाङमा

     कस्तो परिवारमा ?
    किसान

     बाल्यकाल कसरी बित्यो ?
    सामान्य

     सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
    सानैदेखि मलाई साहित्य र पत्रकारिता मन पथ्र्यो त्यही भएर पत्रकारितामा प्रवेश गरेको हुँ । २०५७ सालदेखि मेरो पत्रकारिता अगाडि बढेको हो ।

    सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
    निकै गाह्रो भयो नि । जुनसुकै क्षेत्रमा सुरुमा गाह्रै हुन्छ ।

     अरु केही बन्ने सपना थियो कि ?
    आफू जन्मेको जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुने ।

     कसैले ल्याएको हो या आफै आउनुुभयो ?
    आफैं आएको हुँ ।

     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    साहित्य लेख्ने भएकाले भाषा राम्रो थियो । शुद्धसँग लेख्न सक्थें, त्यही भएर खासै गाह्रो परेन ।

     मोफसलमा सञ्चार माध्यमहरु चलाउन कत्तिको गाह्रो छ ?
    निकै नै गाह्रो छ ।


     पत्रकारिता क्षेत्र बदनाम किन बन्दै गईरहेको छ?
    पत्रकारिता क्षेत्रमा गैरव्यावसायिक व्यक्ति हाबी हुँदा बदनाम भएजस्तो लाग्छ ।

     यसलाई रोक्न के गर्नुपर्ला ?
    परीक्षा पास गरेर मात्रै पत्रकारितामा प्रवेश गर्ने व्यवस्था हुनुपर्छ । तस्करहरुले सञ्चारमाध्यम चलाउनु भएन ।

     आफ्नै नजरमा मीनकुमार के हो र कोहो ?
    आमनागरिक जस्तै एउटा सामान्य व्यक्ति हो मीनकुमार । मेहनत, लगनशील र इमान्दारिताको पर्यावाची हो ।

     मान्छेहरुले तपाईलाईं कसरी चिनोस् जस्तो लाग्छ ?
    मीनकुमार मेहनती, संघर्षशील, इमान्दारिता र जिम्मेवार छ भनेर चिन्दा हुन्छ ।

     आफ्ना सबल पक्ष के के ठान्नुहुन्छ ?
    सहयोगी, इमान्दार, संघर्षशील, मेहनती ।

     अनि कमजोर पक्ष चाहिं नि ?
    अरुलाई चाँडै विश्वास गर्नु ।

     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    उसको आनीबानी र बोलीचालीका आधारमा ।

     तपार्इंलाई कति खेर रिस उठ्छ ?
    कसैले नभएको आरोप लगायो भने ।

     अनि कतिखेर भावुक हुनुहुन्छ ?
    विदेश पलायन भएका युवाहरुले दुःख पाएको समाचार पढ्दा ।

     तपाईलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
    भावनासँग खेल्ने व्यक्तिहरुको कारण मलाई उत्तेजित बनाउँछ ।

     तपाई कतिको संयमित हुनुहुन्छ ?
    म धेरै हदसम्म संयमता अपनाउँछु ।

     अनि कतिखेर खुुसी हुनुहुन्छ ?
    म घरपरिवारसँग भएको बेला बढी खुसी हुन्छु ।

     तपार्इंका दुःखहरु के हुन् ?
    हरेक दुःखलाई मैले आफ्नो सफलताको सिढी बनाएँ । त्यसैले मैले दुःखलाई दुःखका रुपमा लिएको छैन ।


     अनि तपाईंको सुख चाहिं नि ?
    म सधैं सुखी भएको महसुस गर्छु । दुःखलाई पनि मैले सुखकै रुपमा लिएको हुन्छु ।

     तपाईंको जीवनको सबैभन्दा दुखद क्षण ?
    मेरो आमा गुमाउँदा क्षण नै सबैभन्दा मेरा लागि दुःखको क्षण हो ।

     तपाईंको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
    मानिसका जीवनमा हरेक मोडहरुमा अप्ठ्यारा आइपर्छन् । त्यस्ता मोडलाई सम्याउँदै अगाडि बढ्नु पर्छ ।

     त्यसलाई के को बलमा पार गर्नुभयो ?
    इच्छाशक्ति, आत्मबलले पार लगाउँछु ।

     अहिलेसम्म तपाईंले गर्नुभएको सबैभन्दा सही निर्णय ?
    म हरेक निर्णय सोचविचार गरेर गर्छु । राम्रो निर्णय भन्नुपर्दा रुसमा भएको विश्वकप हेर्न जाने निर्णय ।

     अनि गलत चाहिं नि ?
    त्यस्तै केही छैन ।

     सबैभन्दा पछुुतो लागेको क्षण ?
    आफू जन्मेको ठाउँका लागि केही गर्न सकेको छैन । त्यसो भएकाले अहिले पनि पछुतो लागिरहन्छ ।

     अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
    दुई वर्षअघि बुवा निकै साह्रो बिरामी हुनुभयो, मसित बोल्न पनि सक्नुभएन त्यतिबेला ।

     अन्तिम पटक कहिले रुनुु भयो किन ?
    कहिलेकाहीं देशको अवस्था सम्झिएर आँसु आउँछ ।

     तपाईलाई कस्तो मान्छे म पर्छ ?
    प्रस्ट वक्ता, मनमा पाप नभएको, सहयोगी ।

     अनि कस्तो मन पर्दैन ?
    मनमा कपट भएको । अरुको कुभलो चाहने ।

     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
    अरुको सफलतामा जल्नेहरुलाई घृणा गर्न मन लाग्छ ।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    राम्रा राम्रा पुस्तक पढेर र कविता, गीत लेखेर ।

     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन ।

     अहिले कस्ता पुस्तक पढिरहनु भएको छ ?
    रामलाल जोशीको सखी ।

     दोहोराएर पढ्नुु भएको पुुस्तक ?
    वीपी कोइरालाको जेल जर्नल

     कस्ता फिल्म हेर्नुुहुन्छ ?
    सामाजिक विषयवस्तुमा आधारित ।

     तपाईलाई मन पर्ने फिल्म ?
    दर्पण छाँया

     दोहोराएर हेर्नुभएको फिल्म ?
    अहिलेसम्म कुनै फिल्म दोहोर्याएर हेरेको छैन मैले ।

     तपाईलाई म पर्ने हिरो हिरोइन ?
    श्रीकृष्ण श्रेष्ठ र प्रियंका कार्की

     तपाईंलाई रुवाएको फिल्म ?
    दर्पण छाँया

     मनपर्ने गायक–गायिका ?
    शिशिर योगी, अञ्जु पन्त


     मनपर्ने ठाउँ ?
    पोखरा

     मनपर्ने खाना ?
    नेपाली खाना, दाल, भात, तरकारी र अचार ।

     मनपर्ने पोशाक ?
    पेन्ट र सर्ट ।

     तपाईलाई मन पर्ने नेपालका नेता ?
    वीपी कोइराला ।

     अनि विदेशका मन पर्ने नेता चहिं नि ?
    नेलसन मण्डेला

     नयाँ पुस्ताका नेपालका मन पर्ने नेता ?

    गगन थापा, गोकर्ण विष्ट

     तपाईंको आदर्श को हो, किन ?
    मेरो परिवार, परशु प्रधान । परिवारले मलाई संस्कार सिकाउनुपर्छ । परशु प्रधानले साहित्य र पत्रकारितामा अगाडि बढ्न हौसला प्रदान गर्नुभयो ।

     नेपालका मन पर्ने साहित्यकार ?
    महाकवि लक्ष्मीप्रसाद देवकोटा ।

     आफैंप्रति तपाईलाई केही गुनासो छ कि ?
    त्यस्तो केही छैन ।

     अनि यो समाजप्रति चाहिं नि ?
    समाजप्रति चाहिं छ । हाम्रो समाज दिन प्रतिदिन स्वार्थी बन्दै गएको छ । त्यसप्रति चाहिं गुनासो छ ।


     जीवन के रहेछ ?
    कर्कलाको पानी हो ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    पत्रकारितामा अझै राम्रो काम गर्ने । राम्रा–राम्रा साहित्य सिर्जना गर्ने ।

     पत्रकारितामा लागेर के पाउनुभयो ?
    पत्रकारितामा लागेर धेरै पाएँ । म सन्तुष्ट छु आफ्नो पेशाप्रति । पत्रकारितामै लागेर आधा दर्जनभन्दा बढी मुलुक घुमें । झण्डै दुई दर्जन सम्मान र पुरस्कार पाएँ । त्योभन्दा बढी समाजको माया पाएको छु ।

     अनि के गुमाउनु भयो ?
    पत्रकार भएपछि धेरै नै व्यस्त हुनुपर्छ । घरपरिवारलाई पर्याप्त समय दिन पाइँदैन । घरपरिवारलाई दिने समय गुमाएँ ।

     पत्रकारितामा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
    बनेको छ । क्षमतावान र सक्षम पत्रकारको आज पनि अभाव छ । मिडियाहरुले खोजिरहेका हुन्छन् । वार्गेनिङ गरेर पैसा लिने अवस्था सिर्जना भएको छ । आफूसँग क्षमता छ भने पत्रकारिता गरेर बाँच्न सक्ने अवस्था छ ।

     नयाँलाई के सुझाव दिनुहुन्छ ?
    जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यो क्षेत्रमा पोख्त हुनुहोस् । लहैलहैमा कुनै पनि क्षेत्रमा नलाग्नुहोस् । राम्ररी अध्ययन गरेर लाग्नुहोस् सफलता अवश्य प्राप्त हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…