• झापा, कार्तीक १४ । नेकपाको कार्यदललाई नै थाहा नदिई सुटुक्क पार्टीका जिम्मेवार नेताका छोरि वुहारीलाई नगरपालिकामा दैनिक ज्यालादारी पदमा कर्मचारी नियुत्ती गरेपछि शिवसताक्षीका मेयर चन्द्रकुमार शेर्मा आलोचित वनेका छन ।

    पछिल्लो पटक ४ जनालाई शिवसताक्षी नगरमा दैनिक ज्यालादारी पदमा ठाडो नियुत्ति गरेपछि मेयर शेर्मा पार्टीको कार्यदलवाट मात्र होईन नगरवासीवाटै थप आलोचित वनेका हुन । मेयर शेर्माले करोडौ स्थायी सम्पती भएका केहि पार्टीका जिम्वेबार नेताका छोरी वुहारीलाई नियुत्ति गरे । समाचारको एक विश्वस्त श्रोतले भन्यो–अहिले दैनिक ज्यालादारीमा काम लगाएपनि निकट भविष्यमा प्रकृया पुर्याउने नाटक गरेर उनिहरुलाई पछि नियुत्ति दिने तयारी मेयर शेर्माले गरेका छन ।’ स्थानिय सरकार गठन भएपछि शिवसताक्षी नगरमा यसरी नै कर्मचारी नियुत्ती हुदै आएका छन । अवसरमा किनारा लगाउने प्रवृद्धिले नगरका गरिव, असाहाय, एकल,आदिवासी जनजाति, मधेसी, मुस्लीम ,पिछडिएका वर्ग र योग्यता भएका शैक्षिक वेरोजगारवाट मेयर शेर्मा आलोचित वन्न थालेका छन ।

    नेकपाका एक जिम्वेवार सदस्यले पनि मेयर शेर्माको कार्यप्रति गम्भिर असन्तुष्टी पोखे । मेरो नाम उल्लेख नगर्नु भन्दै उनले भने, ‘कार्यदललाई सुईको नदिई पार्टीका नेता कार्यकर्ताका छोरी वुहारीलाई नगरपालिकामा राखिनु भन्दा पनि अरुलाई नै अवसर दिएको भए निको हुने थियो ।’ पार्टीकै मान्छे राखेपनि पारिवारीक अवस्था हेरेर राखिएको भए मेयर शेर्माले स्याब्बासी पाउने थिए । यो विषयमा नेकपाको कार्यदलमा थाहा छैन । धनाड्य परिवारका छोरी वुहारीलाई नगरपालिकामा दैनिक ज्यालादारी मा ठाडो निवेदनकै आधारमा नियुत्ति दिदा गरिव तथा निम्न आय श्रोत भएका नगरवासी प्रति मेयर शेर्मा उदासीन देखिएको नेकपाकै कार्यकर्ता भरत पोर्तेलले आरोप लगाए ।

    कर्मचारी थपिदा खुल्ला विज्ञापन गर्नुपर्ने कानुनत व्यवस्था छ । स्थायी कर्मचारी नियुत्ति गर्दा लोकसेवा आयोगले गर्ने गरेको छ भने अस्थाई करार कर्मचारी नियुत्ति गर्दा पदपुर्ति समितिले गर्ने गरेको छ, । तर, दैनिक ज्यालादारीमा कर्मचारी राखिदा निवेदनका आधारमा ठाडो नियुत्ति गर्न सकिने कानुनि प्रावधान छ । स्थानिय भुवन दाहालले भने, ‘हामीले सुईको नपाउने नेताका छोरा छोरीलाई छानि छानि सुचना दिने ? यो त भर्तिकेन्द्र वनाए भइगो नि ।’ उनले भने, ‘मेयर सेर्माले नगरका नागरिक सवैलाई समान व्यवहार गर्न जानेन् ।’
    मेयर शेर्र्माले पछिल्लो पटक दैनिक ज्यालादारीमा काम दिएका मध्ये दुई जनाको सम्पति करोड माथी छ । नेकपाका टंक ढुगेलकको सम्पति नगरपालिकाकै मुल्याँकनमा पनि डेढ करोड माथी छ । ५ नम्वर वडाका ढुँगेल अवकास प्राप्त राष्ट्रसेवक कर्मचारी हुन । उनले मासिक पेन्सन वुझ्दै आएका छन । दुई तला पक्की घर भएका ढुँगेलकी वुहारी अम्विका निरौला ढुँगेल स्थानिय जनता प्राथमिक विद्यालयमा बाल शिक्षीकाको रुपमा कार्यरत शिक्षीका हुन । अम्विकालाई मेयर शेर्माले नगरमा दैनिक ज्यालादारीमा काम दिए । अम्बिकाका श्रीमान वैदेसिक रोजगारमा रहेको उनका छिमेकीले वताए । टंक ढँुगेलले भने नगरमा निवेदन दिईएको थियो त्यसैका आधारमा वुहारीलाई काम दिईएको हो ।

    यस्तै तत्कालिन नेकपा एमाले वाट वाड वडा नम्बर ११ को लागि वडा सदस्य पदमा निर्वाचित गिता खरेललको सम्पति पनि ढुँगेलले भन्दा कम छैन । पुर्व पश्चिम राजमार्ग संग जोडिएको करिव १५ कठ्ठा जग्गाको मुल्याँकन स्वयम नगरपालिकाले प्रतिकठ्ठा २० लाख तोकेको छ । दुधे खोला पश्चिम तर्फको उनको जग्गाको मुल्याँकन ३ करोड वरावर रहेको स्थानियबासीले वताएका छन । २ तला पक्की घर भएकी नगरकार्यपाकिा दसस्य गिता खरेलकी छोरी पुजा खरेललाई पनि मेयर शेर्माले दैनिक ज्यालादारीमा काम गर्न अख्तियारी दिए ।
    यता चुनावताका सहयोग गरेको भन्दै मेयर शेर्माले ३ नम्बर वडाका तारा सिग्देलकी श्रीमति यसोदा चापागाई सिग्देललाई नगरमा दैनिक ज्यालादारीमा काम दिए । सिग्देल द्धन्द्ध पिडित हुन । उनको पारावारी वजारमा १२ धुर जग्गा र त्यसमा वनेको टिनको छाना भएको घर छ । ०६० सालमा तत्कालिन माओवादीबाट पिडित भएका सिग्देलकी श्रीमतिलाई मेयर शेर्माले नगरमा काम दिएर वास्तवमै न्याय गरेको कतिपयको भनाई छ ।


    शिवसताक्षी नगरका नेकपाका अध्यक्ष धनवहादुर थेवेकी छोरी सुम्निमा थेवेले पनि नगरमा दैनिक ज्यालादारीमा जागिर पाईन । उनको आर्थिक अवस्था दयनिय छ । नगरको ९ नम्वर वडा स्थीत संगमचौकमा घर भएकी सुम्निमालाई मेयरले न्याय गरेको भएपनि कतिपय स्थानियले पार्टीका नेता का छोरा छोरिलाई भन्दा पनि अरुलाई अवसर दिएको भए अझ न्याय हुने वताएका छन । उनिहरुले भने, मेयर सावले पार्टी, भुगोल र जाति लाई महत्व दिनुभएको छ ।
    शिवसताक्षी नगरका प्रवत्ता नविन ईजमले कार्यपालिका कार्यलयमा जनशक्ति अभाव भएकाले दैनिक ज्यालादारीमा उनिरुलाई काम दिईएको वताए । उनले भने, राजनितिक आस्थाका आधारमा उनिहरुलाई काम दिईएको होईन । नगरका प्रमुख प्रसासकिय अधिकृत कृष्णवहादुर अधिकारीले आफु नगरमा विल्कुल नयाँ भएकाले दैनिक ज्यालादारीमा काम दिएकाको पारिवारीक अवस्था कस्तो छ भन्ने आफुले नवुझेको वताए ।

    सेतोपाटीबाट साभार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…