उर्लाबारी, १४ कात्तिक/मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रथम प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा आयोजक कुलझोडा युवा क्लब बिजयी भएको छ ।
प्रतिस्पर्धी राष्ट्रिय जागृति क्लब इहटरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै आयोजक विजयी भएको हो । आयोजकको तर्फबाट भुषण लिम्बु र विशाल दर्जीले एक–एक गोल गरेका थिए । आयोजकका सुमन राई खेलका म्यान अफ द म्याच घोषित भएका थिए ।
बिहीबार चर्च ब्वाईज युनाईटेड क्लब र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक कमल फ्याकले जानकारी दिए ।