• वीरेन्द्रकुमार श्रेष्ठ

    प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना हुनुभएको छ। सामाजिक संजालमा राष्ट्रिय स्तर देखि लिएर विभिन्न स्तरका अनलाइन पत्रीकाहरुले उहाँको स्वास्थ्य स्थितिको बारेमा छिनछिनमा जस्तो समाचारहरु प्रकाशित गरिरहेका छन । प्रकाशित गरिएका ती समाचारहरुको तल कमेन्ट बक्समा पाठकहरुको विभिन्न किसिमका प्रतिक्रियाहरु पढ्न पाइन्छ । केहि पाठकहरुले प्रधानमन्त्री बिरामी भएकोमा व्यंग्यत्माक प्रतिक्रिया दिइरहेका छन भने केही पाठकहरुले दुखभाव प्रकट गर्दै सिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन । व्यंग्यत्माक भएर प्रतिक्रिया दिने कमेन्टकर्ताहरुले प्रधानमन्त्रीको मृत्युु भए पनि केहि मतलब नहुने खालका अभिव्यक्तिहरु पनि दिइरहेका छन ।

    आखिर देशको प्रमुख कार्यकारी बिरामी हुदा उनको स्वास्थ्यलाभको कामनाका लागि भगवानसँग प्राथना गर्नुको साटो किन यस्तो नकारात्मक टिप्पणी आइरहेछ , यो गहन बिषय हो।
    आज केपी शर्मा ओलि बिरामी हुदा मात्र होइन हिजो गिरिजाप्रसाद कोइराला बिरामी हुदा, अन्य नेताहरू बिरामी हुदा, उपचार गराउन जादा पनि यस्ता बिरोधाभाषका आवाजहरु प्रशस्त सुन्न पाइन्छ । नेताहरू भनेका जनताले आफ्नो अभिभावकका रुपमा चुनेर पठाइएका जनप्रतिनिधिहरु हुन । जनताले आफ्नो अभिभावक जनप्रतिनिधिबाट ठूलो अपेक्षा राखेका हुन्छन । जसरी छोराछोरीले बुवाआमासँग आशा र भरोसा राखेका हुन्छन ।

    नेताहरुले भ्रष्टाचार निर्मुल पार्नेछन, गुन्डागर्दी - चोरी डकैती नियन्त्रण गर्नेछन, महंगी कम गर्नेछन, रोजगारीको सिर्जना गर्नेछन् , नातावाद कृपावाद गर्ने छैनन् , अपराधी, बलत्कारी, भ्रष्टाचारीलाई मुख नहेरी तेरो मेरो नगरी कडा कारबाही गर्नेछन् , देशमा बिकासको लहर ल्याउनेछन , देश समृद्ध बनाउनेछन, बिदेशी हस्तक्षेपबाट देशलाई मुक्त गर्नेछन् , देशमा उत्पादन बढाएर आत्मनिर्भर , गरिबी र लोडसेडिङ अन्त्य गर्नेछन् , जनताको मुहारमा शान्ति र खुशी ल्याउनेछन भनेर जनताले ठूलो आशा, सपना र भरोसा लिएका हुन्छन् र नेताहरूले पनि नेता भएर जानू अघि यहि कुराहरुलाई आफ्नो मन्त्र बनाएर गएका हुन्छन् । जनतासँग यहि मन्त्रको कसम खाएरै मन्त्री प्रधानमन्त्री बनेका हुन्छन् । तर जब यसरी धेरै आशा लिएर पठाइएका अभिभावक नेताहरूले भने अनुरुप , सोचे अनुरुपको काम फिटिक्कै नगरिदिदा, आफ्नो र आफ्नाका घैटो मात्र भर्न खोज्दा, अपराधी र भ्रष्टाचारीलाई कारबाहीको साटो बचाउ गर्न खोज्दा , बिकासको नाममा आँखा छल्ने खालको कमसल काम गर्दा , कमिसन घुसखोरीलाई बढावा दिदा जनताका आशा निराशामा बदलिन्छन र नेताहरु माथि उनिहरुमा बितृष्णाको भावना पैदा हुनथाल्छ र उनिहरु कठोर भएर नेताहरुलाई गाली गर्न थाल्छन् । यसैको फलस्वरूप आज प्रधानमन्त्री ओलिले जनताबाट सहानुभूति र सिघ्र स्वास्थ्यलाभको कामनाको सन्देश पाउनुको साटो व्यंग्यत्माक र मरेपनि केहि फरक नपर्ने किसिमका कमेन्टहरु दिइरहेका छन ।
    केपी ओली त अहिले प्रतिनिधि पात्र मात्र हुन, जनताका यस्ता आक्रोशित र व्यंग्यत्माक कमेन्टहरु यो अगाडि पनि धेरै पढ्न देख्न पाइएको छ । प्रचण्ड , शेर बहादुर , प्रचण्ड पत्नी , प्रदेश १ मुख्यमन्त्री शेरधन राई लगायत जतिपनि नेताहरू बिरामी हुन्छन र उपचार गराउन देश बिदेशका अस्पतालमा जाने गर्छन् यस्तै टिप्पणीहरुले समाचारका कमेन्ट बक्सहरु भरिने गर्छन् ।

     

    अधिकांश जनताको बिचार के छ भने जतिपनि नेताहरु कुर्सीमा पुग्छन् जनता र देशको हितको लागि सिन्को पनि भाच्दैनन । देश बिकासको लागि भनेर पठाएका नेताहरू आफू आफुमा दोषारोपण गर्दै , टुट फुट भएर देश र जनताको भलो भन्दा कसरी आफ्नो र आफन्तको भलो हुन्छ भनेर मात्र सोच्ने गर्छन् । जसले गर्दा जनताहरु नेताहरूलाई गाली गर्न, सराप्न र बिरामी हुदा मात्रै पनि हार्दिक श्रद्धाञ्जली दिन ढिला गर्दैनन् । जनताको यो नेताहरु प्रतिको घृणा , अविश्वास र नकारात्मक भावना जागृत गराउने स्वयं नेताहरूनै हुन । २००७ साल देखि हुँदै आएका परिवर्तनका आन्दोलन क्रान्तिहरुमा जनताको सुख, समृद्धि , समानतालाई मुल नारा दिएर त्यसको लगभग ७० बर्ष बितेर गणतन्त्र आइसक्दा पनि जनताले परिवर्तनको स्वाद चाख्न नपाउदा , देश झन्झन् गरीब बन्दै जादा यसको मुख्य कारण नेताहरु नै भएको जनताहरुको ठहर छ ।

    आखिर नेताहरु किन जनताको पिरमर्कालाई बुझेर काम गर्न सकिरहेका छैनन् ? किन जनतामा निरासा हैन आशा पलाउने किसिमका कामहरु गर्न सकिरहेका छैनन् ? नेपालसँगै बिकासमा अग्रसर भएका देशहरू विकसित बनिसके तर किन नेपाललाई नेताहरूले अझै गरिब र परनिर्भरनै बनाइराखे ? यदि नेताहरूले मिलेर आफ्नो देश बनाउनुपर्छ भनेर थोरै मात्र सोचिदिएको भए, जनताका घाउहरुमा मलम पट्टी लगाइदिएको भए , देशमा शान्ति , समृद्धि र अमनचयन राख्न प्रयास चालिदिएको भए कुनै पनि नेता बिरामी हुदा जनताले भगवानसँग प्रार्थना गरेर सिघ्र स्वास्थ्यलाभको कामना गर्ने थिए होला । सामान्य बिरामी नै हुँदा हार्दिक श्रद्धाञ्जली भन्ने थिएनन् होला, यस्ता देशमारा नेता मरे पनि मरोस भन्ने थिएनन् होला । देशका नेताहरूले यसलाई गम्भीर रुपमा लिएर आफू र आफ्ना प्रति मात्र समर्पित भएर हैन देश र जनता प्रति समर्पित भए मात्र जनताको साथ र समर्थन पाइने रहेछ भन्ने कुरालाई मनन गर्न जरुरी छ ।

    रतुवामाई—१० देविस्थान मोरङ
    हालःयुयई

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…