• अन्तर जातिय विवहा भएका परिवारमा तुलनात्मक रुपमा तिनिहरुको सन्तान तेज़ उर्जावान ,मेधावी ,तिक्ष्ण वुध्दी ,भएका देखिएको छ । यो अन्तर जातिय विवहा दुइ अलग जात , दुइ अलग संस्कार, दुइ अलग रितिरिवाज , दुइ अलग पारिवारिक सामाजिक पृष्ठभुमी भएकाहरु लाइ नै सायद भनिन्छ । तर यस्तो विवहा कति त समाजवाट वहिस्कृत , समाजवाट तिरस्कृत , परिवारवाट अपेहलित सम्म भएको देखिएको छ , र यस्तो हुनु मा प्रथम त परिवार नै दोषी हुन्ंछ ,एक अर्का परिवारले यस्तो अन्तरजातिय विवहा स्वीकारे , आत्मासाथ गरे कालान्तर मा गाँउ , समाज सवैले स्विकार्छन,।

     

    अहिले को वामगठवन्धन पनि दुइ अलग केमेस्ट्रिको मिलन हो , दुइ अलग जात, दुइ अलग विचार , दुइ अलग संस्कार , दुइ अलग राजनैतिक सामाजिक पृष्ठभुमी , दुइ अलग सिध्दान्त भएकाहरुको मिलन हो , यस वाट उत्पन्न हुने सत्ता ले निस्चयनै मुलुकमा पहिचान वनाउने , इतिहास वनाउने , र विगतमा भइरहेको सत्ता समिकरण को भन्दा तुलनात्मक रुपमा केही पृथक , केही फरक , केही अलग रुपमा प्रस्तुत हुने देखिन्छ।

     

    तर सोचनिय कुरा छ , यो दुइ फरक केमेष्ट्री को मिलन यि दुइ परिवारले स्विकारेनन भने , यि दुइ परिवारले आत्मासात गरेनन भने यी दुइ परिवारले एक अर्कामा अपहेलित , यि दुइ परिवारले एक अर्का आडम्वर , एक अर्कामा " हामी ठुला " जस्ता भावना वोक्यो भने , यहाँ नेर वुज्नुस परिवार भनेको परिवारको मुलि मात्रै हैन , परिवार भनेको मुखिया मात्रै हैन , परिवार भनेको त्यो परिवारका सवै सदस्य हुन , जस्ले योटै भाडाका भात खान्छ्न , जस्मा दुख , सुख को समान पिडा , मान सम्मान को समान अनुभुती गर्छन त्यो हो परिवार ।

     

    र यी परिवारवाट यि दुइ केमेष्ट्री को विधिवत मिलन , समिकरण , विलय , समायोजन या मर्च ,जे भन्नुस यदी परिवार ले ( परिवार भनेको मुखिया मात्रै हैन ) स्विकारेनन भने , आत्मासात गरेनन भने अन्तर जातिय विवहा जस्तै यदी वहिस्कृत भयो भने , समाजवाट तिरस्कृत भयो भने यि दुइ केमेष्ट्री को भविष्य सायद सुखद , स्वर्गीय आनन्द नहुन सक्छ ! र यस्तो नहोस यही चाहान्छु।

     

    मुल अर्थात ज़रा तर जस्ले मुलप्रक़ृतीलाइ सम्जन्दैन जस्ले मुल प्रकृतिको विरोध गर्छ जो मुल प्रकृतिवाट भाग्छ जस्लाइ मुल प्रकृतिसंग जोडिन आउदैन, त्यो विकृति हो ,विरोध हो ,परम विकृति हो ,यदी रुखमा भएको यौटा पत्ताले ज़रा अर्थात मुल संग सामन्ज्यस्य राख्दैन भने त्यो पत्ता सुख्छ, रुखवाट झर्छ र त्यो रुखको हिस्सामा रहन्दैन रुखवाट झर्छ । मतलव मुल छोडनु हुदैन , ज़रा छोडनु हुदैन यदी त्यस्तो भयो भने विनास हुन्छ त्यस्को मृत्यु हुन्छ र अन्तत परिचय हराउछ । नेपालका धेरै राजनीतिक पाटीहरु ले मुल त्यागेर जरा छोडेर मुल प्रकृतिसंग जोडिन सामन्ज्यस्य राख्न नजानेर भिन्दै पाटी खोली स्थापित हुन खोजे कालान्तरमा कि त ति हराए कि त मुल मै फर्किए त्यस्तो घटना नेपाली कांग्रेस , एमाले , रा प्र पा , माओवादी केन्द्र सवैमा घटित भएको छ याहा व्यक्ती को नाम या उनिहरुवाट स्थापित पाटीको नाम उल्लेख गरिरहनु आवस्यक देखिन्दैन।

     

    अहिले नेपालमा भएको पछिल्लो राजनितिक ध्रुर्वीकरण मा फरक केमेष्ट्री को माओवादी लाइ एमाले ले माओवादी केन्द्र लाइ समेटेर वृहद वामघटको एकता प्रदर्शन गरेर सरकार निर्माण गरेको। छ ,यो निस्चय पनि राम्रो हो , तर माओवादी ले आफ्नो मुल ,आफ्नो ज़रा त्यागेर , आफ्नो मुलप्रकृती संग सामन्ज्यस्य गर्न नसकेर पाटी विलय गरेको छ ,त्यस्लाइ परिवारले कसरी लिन्न्छन दुइ अलग जात , दुइ अलग संस्कार , दुइ अलग रितीरिवाज अर्थात अन्तरजातिय विवहा जस्तो माओवादी का परिवारले त्यस भित्रका सदस्यले आत्मासात गर्छन ? यो निस्चय नै आत्माघाती हुनेछ ,त्यो निस्चयनै आत्मादाहा हुने छ ,नेपालको इतिहासमा यस्तो घटना को पुनरावृती भइरहने क्रममा यो घटना लाइ लिनु पर्छ, र कालन्तरमा मुल त्याग्ने , ज़रा छोड़ने ले यो चै वुज्नु पर्छ की नेपालको इतिहासमा मुल पाटी त्यागेर जादा के हुन्छ त्यो जग जाहेर छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…