• दमक, कात्तिक १४

    गत असोज २४ गते घटस्थापनाको दिनदेखी प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र छक्का पञ्जा ३ प्रदर्शनका तेस्रो हप्ता सकिन लाग्दा समेत दर्शकहरुको मन जित्न सफल भईहेको छ । चलचित्र रिलिज भएकै दिनदेखी हाउसफुल रहेका हलहरुमा दर्शकको चाप उत्तिकै रहेको छ । पछिल्लो समय नेपाली चलचित्रहरुमा दर्शकको कमि भैरहेको गुनासो आईरहेका बेला चलचित्र छक्का पञ्जा ३ हेर्नकोलागी गाउँगाउँबाट हलसम्म दर्शकहरु आईरहेका छन् ।

    दैनिक तीन शो लागिरहेको झापा दमकमा रहेको पाथिभरा चित्र मन्दिरमा आज कात्तिक १४ गते साँझको शोमा चलिचत्र हेर्नको लागी मोरङको रतुवामाई नगरपालिकाबाट बस नै रिजर्भ गरेर दर्शकहरु आएका छन् ।

    साँझको शोमा दमकबाट २१ किलोमिटरको दुरीमा रहेको मोरङको रतुवामाई नगरपालीका वडा नम्बर ९ इटहराबाट बस नै रिजर्भ गरेर दर्शकहरु आएको देख्दा आफुनै अचम्ममा परेको चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकमा व्यवस्थापक चैतन्य बरालले जानकारी दिनुभयो । इटहराबाट करिब ७० जना जति दर्शकहरु बस रिजर्भ गरेर चलचित्र हेर्न आएको उहाँले बताउनु भयो ।

     

    चलचित्रको बारेमा चर्चा धेरै सुनेकोले गाँउलेहरु सबै मिलेर बस रिजर्भ गरि छक्कापञ्जा ३ हेर्न आएको इटहराका नेत्रप्रसाद दाहालले बताउनु भयो । गाउँका बालबालिका देखी बृद्ध बृद्धासम्म सबै मिले चलिचत्र हेर्न आएको सोहि ठाउँकी मिरा बरालले बताउनुभयो । लामो समयपछि नेपाली चलचित्र हेर्न यति धेरै टाढाबाट आएको उहाँले बताउनु भयो । चलचित्रको बारेमा धेरै सुनेकोले सबै गाँउले मिलेर आएको ईटहराकै होमा खतिवडाले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…