• इटहरी । नेपालमै उपचार हुने रोगहरुका लागि पनि नेताहरु सरकारी रकममा विदेश उपचारका लागि जान्छन् भनि आलोचना हुने गर्दछ । नेताहरुको स्वास्थ्य उपचारकै लागि राज्यको ठुलो रकम खर्च हुन्छ ।

    यतिखेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । गर्धन र घाँटीको उपचारका लागि मुख्य मन्त्री राई कात्तिक १६ गते थाइल्याण्ड जाँदै छन् । विदेशमा उपचार लागि व्यक्तिगत खर्चमा जान लागे पनि उनको आलोचना भने भएको छ ।

    आफ्नो पाटीका शिर्ष नेताको सिको अहिले राईले गर्न लागेका हुन । राईले राज्यकोषको पैसा नभई आफ्नो व्यक्तिगत पैसा खर्च गर्ने दाबी गरेका छन् । तर राईले बिदेशमा गएर उपचार गराउने व्यक्तिगत आर्थिक हैसियत कतिको बनाएका छन् भन्ने पनि प्रश्न उठेको छ ।

    भोजपुरबाट सामान्य राजनिति शुरु गरेका राईको कुनै व्यापार व्यवसाय छैन । राई यस अघि सुचना तथा संञ्चार प्रबिधि मन्त्री भइसकेका छन् । उनले सरकारलाई बुझाएको सम्पति विवरणमा पनि भोजपुरमा एउटा जमिन, ८ तोला सुन र केही लाख बैंक ब्यालेन्स छ ।

    तर राईले भने उपचारको लागी थाइल्याण्ड जाने खर्च आफ्नो नजिकका इष्टमित्रबाट लिएको बताएका छन् । यता नेपाली चिकित्सकहरुले जस्तो सुकै घाँटीमा देखिएको समस्याको उपचार नेपालमा नै सम्भव भएको बताएका छन् ।

    नाक कान घाँटी बिशेषज्ञ डा. प्रकाश रेग्मीका अनुसार मुख्यमन्त्रीमा देखिएको समस्या नेपालमै उपचार गर्न सम्भव भएको बताए । ‘नेपालमा घाँटीमा देखिने रोगको पहिचान र उपचार सम्भव हुन्छ’ उनले भने ‘सर्जरी गर्नुपरेपनि नेपालमा यसको सेवा उपलब्ध छ’ ।
    राईको घाँटी हल्लिने समस्या छ । कतिपयले रक्त प्रवाहमा समस्या भनेका छन् भने केहीले घाँटीको हड्डी खिइएको बताएका छन् । तर कुन रोग हो भनेर पहिचान नभएको बताइएको छ । राईले काठमाडौं लगायत केही अस्पतालमा चेकजाँच गराएपनि रोग पत्ता नलागेपछि थाइल्याण्ड जान लागेको सिधा कुरा जनताको कार्यक्रममा बताएका छन् ।

    प्रदेश १ को मन्त्रिपरिषदको बैठकले पनि मुख्यमन्त्रीको बैंकक भ्रमण स्वीकृत गरेको छ । स्वास्थ्य उपचार निजी खर्चमा गरिने भन्दै राईले सरकारको एक पैसा पनि नलिने बताएका थिए ।

    राईको थाइल्याण्डस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा चेकजाँच हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…