• इटहरी । प्रेस युनियन सुनसरीको आगामी नयाँ नेतृत्वका लागि सुनसरीमा चुनावी सरगर्मी बढेको छ । अहिलेको कार्यकालको समय सकिएको र यहि कात्तिक १५ गते बिहीबार प्रेस युनियनको आठौँ अधिबेशन इटहरीमा हुने भएकाले युनियनको चुनावी सरगर्मी बढेको हो ।
    यसैक्रममा जिल्ला अध्यक्ष आकांक्षीका रुपमा रहेका प्रेस युनियन सुनसरीका हालका सचिव पवन अधिकारी र क्षेत्रीय सचिव धनवहादुर पुरी छन् । यी दुवैजना इटहरीको तरहरा निवासी हुन् । यतिबेला कस्ले चुनाव जित्ने भन्ने चर्चा परिचर्चा पत्रकारबीच हुने गरेको छ ।
    पुरी र अधिकारी दुवै एक आपसमा कमजोर भने छैनन् । प्रेस युनियन श्रमजीवी पत्रकारहरुको हकहितको लागि काम गर्ने भएकाले क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका पुरीले नयाँ नेतृत्व हत्याउने एकथरीको विश्लेषण छ । टेलिभिजन, पत्रिका र अनलाइनमा समेत काम गरिसकेका अधिकारीले नै नेतृत्व प्राप्त गर्ने अर्को थरीको विश्लेषण छ । पुरी पक्षधर अधिकारीलाई वढी विज्ञापन एजेन्सीमा आबद्द हुने गरेको आरोप लगाउने गर्छन् । अधिकारी पक्ष भने पुरीले सवैलाई मिलाएर संस्थामा अघि बढाउन नसक्ने आरोप लगाउँछन् ।
    श्रमजीवी पत्रकारहरुकै हकहितको लागी काम गर्ने भएकाले आँफूले नयाँ नेतृत्व लिने पुरी बताउँछन् । जिल्लाको नेतृत्व अाँफूले लिए नवपुस्ताका पत्रकार एवम् श्रमजीवी पत्रकारलाई मिलाएर लैजाने पुरीको तर्क छ । एक दशकदेखि पत्रकारिता गर्दै आएका उनी यसै क्षेत्रमा निरन्तरता दिदैँ आएका छन् ।
    यता, अधिकारी पनि आँफूले काम गर्ने पत्रकारितामा कुनै कमी नभएको दाबी गर्छन् । ‘मैले अहिले बढी कामको लोज सम्हालेको हो । तर, समाचारको कर्म र विज्ञापनमा पनि सँगसँगै आबद्द छु,’ अधिकारीले भने । निर्वाचनको हल्ला चलेपनि अधिकारी अथवा पुरी एकजनाले अध्यक्षको उमेद्दवारी छाड्नुपर्ने युनियनकै एक सदस्य बताउँछन् । चुनाव गरेर एक अर्काबीच नै मनमुटावको सिर्जना गर्न नहुने उनको तर्क थियो ।
    युनियनको नेतृत्वका लागि अधिकारीले पुरानो मात्रै नभएर नयाँ पुस्ताको मन जितेकाले नेतृत्व सम्हाल्ने अधिकारी बताउँछन् । आँफू एक कार्यकाल अध्यक्ष नै हुने अडान उनले छाडेका छैनन् । यता पुरीले पनि आँफूले अनलाइन र छापा माध्यमको अनुभव बटुलेकाले निर्धक्क अध्यक्ष हुने अडान राख्दै आएका छन् । आँफू अध्यक्ष कुनै पनि हालतमा हुने उनको विश्वास छ ।
    २०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको थियो । प्रेस युनियन सुनसरीको २०७३ सालमा नै कार्यकाल सकिएको भएपनि २०७४ सालमा भएका तीन चरणका चुनावले गर्दा ढिलाई भएको हो ।
    टाकुरान्यूजबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…