• विराटनगर / आरके चिल्ड्रेन हस्पिटलमा उपचार खर्च तिर्न नसकेर बन्दक भएकी आमा छोरी बच्चाको शव लिएर घर फर्केका छन् । अस्पतालले उपचार खर्च मिनाहा गरिदिएपछि बिचल्लीमा परेकी आमाछोरी बच्चाको शव लिएर घर फर्केका हुन् ।

    आरके चिल्ड्रेन हस्पिटल विराटनगरमा उपचार खर्च तिर्न नसकेर बन्दक भएका हनुमाननगर कंकालनी ५ की ५५ वर्षीया सीतादेवी मण्डल र उनकी २५ वर्षीया छोरी रेणुदेवी खड्गा उपचार खर्च मिनाहा भए पछि मंगलबार साँझै नै घर फर्केका छन् ।

    रेणुदेवीकी ३ महिनाकी छोरी निशाकुमारी खड्गाको उक्त हस्पिटलमा आइतबार अपराह्न उपचारको क्रममा मृत्यु भएको थियो । परिवारजनले उपचार खर्च बुझाउन बेवास्ता गरेकोले बच्चाको शवसँगै आमाछोरी तीन दिनदेखि अस्पतालले बन्धक बनार राखेको थियो । सीतादेवीले अस्पतालले बोलाएर मंगलबार साँझ शव बुझाई एम्बुलेन्स खोजेर घर पठाइ दिएको बताईन ।

    बच्चाको उपचारमा खर्च भएको १ लाख १६ हजार रुपैयाँ बुझाउन नसकेपछि तीन दिनपछि अस्पतालले मिनाहा गरेर घर पठाइ दिएको हो । अस्पताल प्रशासक धिरज मैनालीले उपचारवापतको शुल्क तीन दिनसम्म उनीहरुले नबुझाएपछि मिनाहा गरि दिएको बताएका छन् ।

    असोज ३१ गते तीन महिनाकी छोरी निशालाई उच्च ज्वरो आएपछि रेनुदेवीले उपचारकालागि विराटनगरको कोशी अञ्चल अस्पताल ल्याएकी थिइन् । अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि आर के चिल्डेन हस्पिटलमा उपचारकालागि भर्ना गरिएको थियो ।

    आर के चिल्डेन अस्पतालमा ११ दिनको उपचार पछि आइतवार शिशुको मृत्यु भएको थियो । अस्पतालले ११ दिन भेण्टीलेटरमा राखेर उपचार गर्दा १ लाख ७० हजार हाराहारी बिल उठेको जानकारी दिएको थियो । तर अस्पतालले मागे अनुसारको शुल्क तिर्न नसकेपछि आमा छोरीलाई अस्पतालले रोकेर राखेको हो । शिशुका आफन्तले अस्पतालमा ६० हजार रुपैया बुझाएका थिए । बाकी पैसा नतिरेपछि अस्पतालले शिशु लैजान दिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…