उर्लाबारी, १५ कात्तिक । मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रथम प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा युनाइटेड चर्च ब्वाइज क्लब बिजयी भएको छ ।
प्रतिस्पर्धी बेलबारी फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले हराउँदै चर्च ब्वाइज विजयी भएको हो । चर्च ब्वाइजको तर्फबाट विशाल गुरुङ, रमेश राजवंशी, भुवन बस्नेत र निरज बस्नेतले गोल गरेका थिए भने बेलबारीका विक्रम धिमालले जवाफी गोल गरेका थिए । खेलका म्यान अफ द म्याच चर्च ब्वाइजका उमेश राजवंशी घोषित भए ।
शुक्रबार आयोजक कुलझोडा युवा क्लब र मुनाल फुटबल क्बल चन्द्रगढीबीच पहिलो सेमीफाइनल खेल हुने आयोजक समितिका सचिव भूपेन शेर्माले जानकारी दिनुभयो ।