• हेटौडा — प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउने तयारीमा मुख्यमन्त्री डोरमणि पौडेल जुटेका छन् । यसै बिषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्न बिहीबार उनी काठमाडौं गएका छन् ।







    मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक पटक अपमान गरेको अाराेप छ । बुधबारको मन्त्रिपरिषद बैठकमामु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेका थिए। उक्त विचार व्यक्त गर्ने वितिक्कै मन्त्री स्थापितले आफूले मन्त्रालयको काम गरिरहेको जिकिर गर्दैै मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेका थिए।






    १३ अर्ब वजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन। मन्त्री स्थापितलाई पदबाट हटाउन नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौ गएका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछिमात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदबाट हटाउने बताइएको छ ।



    मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारवाट अत्यन्त आक्रोशित भएको एक मन्त्रीले बताए। ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन्,’ती मन्त्रीले भने, ‘स्थापित कहिल्यै गम्भीर नहुने स्वभावका रहेछन्।’



    तर,  प्रतिक्रिया दिँदै मन्त्री स्थापितले भने,‘मेरो अलि स्वर ठूलो छ, ठूलो स्वरमा कराएँ, अभद्र व्यवहार गरेको छैन।’

    एक मन्त्रीका अनुसार स्थापित अभद्र ढंगले प्रस्तुत भएपछि बैठकमै टेबुल ठोकाठोक भयो। मन्त्री स्थापित पनि बुधबार बेलुका नै काठमाडौं आइसकेका छन्।








सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…