• काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख जनालाई निम्तो दिइएको पार्टीले जनाएको छ ।

    उपत्यकामा ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा अपराह्न १ देखि साँझ ५ बजेसम्म चियापान चल्नेछ ।

    २०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि पार्टीले हरेक वर्ष चियापान आयोजना गर्दै आएको छ ।


    कार्यक्रममा सहभागी हुन कांग्रेसले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उपप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकाय, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति–व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलगायतलाई आमन्त्रण गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…