• काठमाडौँ — अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो महाधिवेशन भारत, दार्जिलिङको मिरिकमा हुने भएको छ । ‘विश्वभरका तामाङ एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित आगामी मंसिर २८ देखि महाधिवेशन हुने परिषद्ले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    तामाङ समुदायको समृद्धि, इतिहास, पहिचान, मौलिक सभ्यता संरक्षण गर्ने, विभिन्न देशमा क्रियाशील तामाङ सङ्घसंस्थालाई समन्वय गरी तामाङ समाजको हकहित र समुन्नतिका लागि संगठित गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ परिषद् अध्यक्ष महेन्द्रजंग तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘तामाङ भाषा, लिपि, साहित्य, कला, उत्थान एवम् समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक, सामाजिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि यथाशक्य भूमिका निर्वाह गर्ने यस संस्थाको परिकल्पना हो ।

    सन् २००२ मा गठित परिषदले थप कार्ययोजना निर्माणका लागि विश्वभरिका तामाङ अगुवाहरूलाई मिरिकमा भेला गर्ने तयारी गरेको जनाइएको छ । तामाङ जातिको संस्कृति अझ समृद्ध बनाउन र पुर्खाले आर्जेको सीप नयाँ पुस्तालाई पुस्तान्तरण गर्न मिरिक सम्मेलन केन्द्रित हुने विज्ञप्तिमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…