• काठमाडौं, १६ कात्तिक । नेपालका राजनेताहरुलाई दक्षिणी छिमेकी मुलुक भारतले आफ्नो इच्छा र चाहना अनुसार प्रयोग गर्दै आइरहेको विषय नौलो होइन ।

    अहिले दुई तिहाई मत सहित सरकार चलाईरहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ठेगान लगाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खेलाइरहेको छ । उनलाई आफ्नो मायाजालमा पारेर लठ्ठयाउने काममा भारतीय सुत्रधारहरु लागिरहेका छन् ।

    इतिहास हेर्ने हो भने भारतले २०३६ साल, ०४६ सालमा कांग्रेस, कम्युनिष्टलाई उचाल्यो । त्यसपछि गिरिजाप्रसाद कोइरालालाई उचालेर कांग्रेसलाई सखाप पा¥यो ०६३ को जनआन्दोलन सफल पार्न भारतले विशेष भूमिका खेलेकै हो ।

    आजसम्म पनि कम्युनिष्टहरु भारतलाई यो परिवर्तनको ‘स्टेक होल्डर’ भन्दै हिड्नु जगजाहेरै भएको कुरा हो । त्यसपछिका दिनमा भारतले कहिले माधवकुमार नेपाल, कहिले ओली, कहिले डा.बाबुराम भट्टराईलाई उचाल्ने काम ग¥यो ।

    आफु अनुकुलको संविधान जारी नहुने भएपछि रोक्न पहल गरेपनि सकेन । त्यसपछि तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालालाई हटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उचाल्यो । उसकै डिजाइनमा ओली प्रधानमन्त्री बने ।

    अहिले फेरी भारत ओलीको विरुद्धमा प्रचण्डलाई अगाडि ल्याउन खोज्दैछ । नेपाललाई अस्थिर पार्न जहिल्यै लागिरहने भारतले अहिलेपनि आफ्नोे नानीदेखि लागेको बानी प्रगोग गर्न सुरु गरेको छ ।

    नेपाललाई स्थिर हुनै नदिने भारतको रणनीति अहिलेपनि फेरिएको देखिन्न । स्थिर सरकार आएपछि समृद्धि र सम्पन्नताका डोरेटाहरु बन्न थाल्छन् कि भन्ने आम नेपालीको आशामा कुठाराघात गर्न भारत फेरि अर्का नेतालाई उछाल पछार गर्ने काममा जुटिरहेको छ ।

    पहिला भारत गएको बेलामा प्रचण्डले त्यहीबाटै ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको खुलासा गरेका थिए । मधेशी दलहरुलाई खुशी पार्न संविधान संशोधन गरिने र त्यसमा भारतले साथ उनको भनाई थियो ।

    सिंगापुर भ्रमणमा गएका प्रचण्डले त्यहाँ भारतीय नीतिकारहरुलाई भेटेको स्रोतहरु बताउँछन् । केपी ओलीले भेटवार्ता र सल्लाह गर्न छाडेपछि वामदेव कार्ड अघि सारेका प्रचण्डले वामदेवलाई राजधानीबाटै चुनाव उठाउने प्रयास गरे ।

    वामदेव खेमालाई आफ्नो साथ लिई ओलीलाई कमजोर पारेर आफ्नो प्रभाव बढाउने उनको रणनीति थियो । तर जनमानसमा बिद्रोह उठेपछि वामदेव व्याक हुँदा प्रचण्डले चिसो पानीले नुहाउन प¥यो ।

    ९ कात्तिकमा इण्डिया फाउण्डेशनको कार्यक्रमलाई संवोधन गर्ने बहानामा दिल्ली पुगेका प्रचण्डलाई भाजपाका नेता राम माधवले एयरपोर्टमै स्वागत गर्नु र विशेष वार्तालाप गर्नुमा केहि न केहि रहस्य लुकेको अनुमान लगाउन सकिन्छ ।

    प्रचण्डको अनायास सक्रियता बढ्नु र ओली विरामीले थला पर्दै जानुले राजनीतिमा ठूलै परिघटनाका संकेतहरु देखा पर्ने आंकलन गरिदैछ ।

    सरकारको कामबारे जनतामा असन्तुष्टि बढ्दै जानु तथा पूर्व एमाले र माओवादीवीचमा भित्रभित्रै मतभिन्नताहरु बढ्नु, ओली/प्रचण्डवीच शक्ति प्रतिस्पर्धा नजाँनिदो तरिकाले बढ्नुले पनि राजनीति दुर्घटनाउन्मुख देखिन्छ ।

    ओली आफु बलियो बन्न राजपालाई सरकारमा भित्रर्याउने तरखरमा छन् । यसका लागि राष्ट्रव्यापी बिरोध भइरहेको नागरिकता बिधेयकलाई पास गर्नसमेत ओली तयार भइसकेको स्रोतहरु बताउँछन् ।

    प्रचण्ड फन्केर गइहाले पनि आफू कमजोर नबन्नकै लागि ओलीले यो रणनीति अख्तियार गर्न लागेको निकटस्थहरु बताउँछन ।

    प्रचण्ड आफूलाई जति चलाख सम्झन्छन उनको चलाखीको तौरतरिकाबाट अवगत ओलीले के रणनीति अख्तियार गर्छन त्यो त अस्पतालको शैयाबाट बाहिरिएपछि थाहा हुनेछ ।

    यति अनुमान लगाउन सकिन्छ । राजनीतिका चतुर खेलाडी ओलीले प्रचण्डलाई आफ्नो प्रभावमाथि जान सहज तरिकाले दिने छैनन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…