• उर्लाबारी/ आयोजक कुलझोडा युवा क्लब मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ ।
    शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक टिमले मुनाल क्लब चन्द्रगढी झापालाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक टिमले पहिलो हाफमा एक र दोश्रो हाफमा एक गोल गरेको थियो ।

    आयोजकलाई फाईनलमा पुर्याउन सन्देश लिम्बु र निशान लिम्बुले गोल गरेका थिए । आयोजक कुलझोडाले अब उपाधिका लागि भोलि हुने चर्च व्वाईज क्लब र दमक फुटवल क्लबबीचको दोश्रो सेमिफाईनल खेलको विजेतासँग कात्तिक १९ गते प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख र द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक कमल फ्याकले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…