• काठमाडौं, १६ कात्तिक । गत निर्वाचन अगाडि चुनावी तालमेल र निर्वाचनपछि गत जेठमा पार्टी एकता गरेका तत्कालिन एमाले अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल लाहालबीच अन्र्तद्वन्द्व चुलिएको छ ।

    दुई पार्टी मिलेर बनेको नेपा कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय ओली र दाहालबीच अहिले औपचारिक कार्यक्रममा बाहेक अन्य अवस्थामा आन्तरिक छलफल समेत नहुने निकटस्थ स्रोतहरु बताउँछन् ।

    दुई नेता अहिले एउटै जुवाँमा नारिएका हल गोरु जस्तो भइरहेको टिप्पणी स्वयः नेकपाका नेताहरु गर्न थालेका छन् ।

    चुनाव जितेर सत्ता कब्जा गर्नका लागि हतारमा रहेको एमाले र माओवादीको मेलमिलाप अहिले यतिखेर अप्ठेरोमा झुण्डिएको फर्सीको जस्तो अवस्थामा छन् ।

    अप्ठेरोमा फलेको नेकपारुपी फर्सीका लहराहरु यताउता तन्किदै जतिबेला  पनि फुट्ने अवस्थामा पुगेको छ । कार्यकर्ताहरु आफ्नो भविष्यका लागि समूह बदल्दै छन् ।

    दुवै पार्टी एक भएपछि शक्तिशाली पार्टीको निर्वाचित अध्यक्ष हुने दाहालको सपना स्वर्गीय गिरिजाप्रसाद कोइरालाको प्रथम राष्ट्रपति हुने सपना जस्तै हुने सम्भावना देखिन्छ ।

    माधवकुमार नेपाल वा ईश्वर पोखरेलमध्ये एक अध्यक्ष बन्ने तयारीमा लागरिहेका छन् ।  महासचिवमा नारायणकाजी श्रेष्ठको सम्भावना देखिन्छ ।

    दाहालको समूहबाट दाहाल अध्यक्ष र वामदेव गौतम महासचिवमा उठ्ने सम्भावना देखिन्छ । हार्ने खेलमा भाग लिएर अन्तराष्ट्रिय जगतमा बदनाम हुनुभन्दा त्यो भन्दा पहिल्यै पार्टी फुटाएर कांग्रेस र मधेस केन्द्रित दलहरुको सहयोग र समर्थनमा आफै प्रधानमन्त्री हुने चाँजोपाँजो दाहाल मिलाउँदै छन । दाहालले दक्षिण र पश्चिमका सूत्रधारहरसँग गोप्य गतिविधि बढाईरहेको बुझिन्छ ।

    चुनाव जित्ने स्वार्थमा फस्दा एमाले बर्बादतिर उन्मुख हुँदैछ । दाहाल पार्टी फुटाएर गएको अवस्थामा प्रधानमन्त्री ओली नेपाली कांग्रेससँग सहमति गरेर अघि बढ्ने गुप्त योजनामा लागिरहेको स्रोतहरु बताउँछन् ।  अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…