• काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारलाई ६ वर्ष जेल सजाय हुन सक्ने भएको छ । फ्रेन्च क्लव पिएसजीबाट व्यवसायीक फुटबल खेल्दै आएका नेयमारलाई भ्रष्टाचार तथा धोका मुद्धामा उक्त सजाय हुन सक्ने देखिएको हो ।

    स्पेनको अदालतले नेयमारको भ्रष्टाचार र धोकाधडी मामलालाई तीन न्यायाधीशको ठूलो बेन्चमा पठाउने निर्णय गरेको हो ।

    यदि नेयमारमाथि लागेको आरोप सावित भए उनलाई ४ देखि ६ वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।

    सन् २०१३ मा ब्राजिलको सान्तोष क्लवबाट नेयमारको स्पेनिश क्लव बार्सिलोनामा ट्रान्सफर भएको थियो । उक्त समयमा नेयमारमाथि ट्रान्सफरको रकम लुकाएको तथा कर चोरी गरेको आरोप लगाइएको छ ।

    जानकारी पाए अनुसार त्यतिबेला नेयमारको ८६.२ मिलियन युरोमा बार्सिलोनामा टान्सफर भएको थियो । तर नेयमार र क्लवले केवल ४० मिलियनको मात्र कुरा गरेका थिए । यही मामलामा बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ मारियाले राजीनामा दिनु परेको थियो ।

    बेन्चको सुनुवाई कहिले हुने भन्ने यकिन भइसकेको छैन । अदालतले गरेको फैसलापछि नेयमारले केही बोलेका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…