• शनिश्चरे, कात्तिक १६ । सनराइज एफएम र जनसंसद् तथा लोकतन्त्र पोष्टको संयुक्त टिम विवेचना दैनिकले आयोजना गरेको झापा मिडिया कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
    ग्रासरुट फुटबल मैदानमा जारी मिडिया कपको पहिलो सेमिफाइनल खेलमा सनराइजले मेरो रेडियो र यलम्बर टाइम्सको संयुक्त टिमलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । उसका लागि प्रकाश अधिकारी र दर्शन मगरले गोल गरे । प्रकाश खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले नगद एक हजारसहित ट्रफी प्रदान गरे ।
    अन्तिम सेमिफाइनल खेलमा आयोजक विवेचना दैनिकविरुद्ध जनसंसद् र लोकतन्त्र पोष्ट दैनिकको संयुक्त टिमले शानदार जीत निकालेर फाइनल यात्रा तय गर्यो । म्यान अफ दी म्याच घोषित सुमन विकको ह्याट्रिक मद्दतले फाइनलमा स्थान सुरक्षित भएको हो । उनलाई नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले नगदसहित ट्रफी प्रदान गरे ।
    शुक्रबार दिउँसो पत्रकार महिला र विर्ता लेडी जेसीजबीच मैत्रीपूर्ण खेल हुने र फाइनल खेल दिनको २ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३१ हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउने खेल संयोजक रमेश समदर्शी राईले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…