• ओम आचार्य

    माओवादीको शशस्त्र द्वन्दकालमा मुलुक गहिरो संक्रमण कालमा थियो नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाले १२ वुदे समझदारी गरेर त्यो संक्रमण काल समाप्त गरे र अर्को संक्रमण सुरु भयो संविधान सभा र संविधान निर्माण क्रममा , त्यो पनि तत्कालिन पाटी सभापति एवं प्रधानमन्त्री शुशिल कोइरालालै संविधान घोषणा गरेर त्यो संक्रमण काल पनि समाप्त गरे ।

    मुलुकमा जव जव संक्रमण आउछ जव जव संकट आउछ त्यस्को निराकरण नेपाली कांग्रेस ले नै गरेको छ ,राणा कालमा देश छोडेर गएका त्रिभुवन हुन या पंचायत कालमा राजनीतिक आन्दोलन चलिरहदा एकाएक जनमत संग्रह को घोषणा गर्दा प्राप्त भएको मतको नतिजा लाइ लिएर आम जनताले धोखा भयो भन्दै अस्विकारिरहेको अवस्थामा  जननेता वि पी कोइरालाले त्यो नतिजालाइ स्विकारेर हुन सक्ने संभावित दुर्घटना अथवा संक्रमण आउन दिएन।

    यसरी हेर्दा जव जव काग्रेसले देशको संक्रमण काल समाप्त गर्छ ,तव आफ्नै पाटीमा संक्रमण भित्र्याउछ , भर्खरै का दुइ संक्रमण माओवादी द्वन्द काल र संविधान सभा र संविधान निर्माण को समयको संक्रमणकाल समाप्त त गरे तर आफैमा संक्रमण आयो ।

    विगतमा यसरी आएका संक्रमंण पाटीले सधै तादुरकताका साथ निराकरण गर्दै संक्रमण हटाएको थियो तर पछिल्लो समय पाटीको संक्रमण झन घनिभुत भएर  आएको छ। 

    नेपाली काग्रेसको मौलिकता , विशेष्ता , परिचय जे भन्नुस आफ्नो पाटी भन्दा पनि मुलुकलाइ सर्वोपरी ठानी मुलुकको समस्यामा , मुलुकको संक्रमणकालमा ध्यान दिनेगरेको छ यसो गर्दा त्यो समस्या र त्यो संक्रमण आफैमा भित्र्याउछ र मुलुकलाइ त्यो संकटवाट मुक्त गराउ छ ।

    काग्रेसलाइ यसरी ' निलकंठ' भनेर परिचय दिदा हुन्छ।

    अव मुलुकमा कुनै त्यस्तो संकट छैन , कुनै संक्रमंण छैन भनेर काग्रेस चुप लागेर वस्ने अवस्था छैन । सुदुर भविस्यमा त्यो अवस्था देखिन्दै छ र त्यस्को सामाना गर्न आफ्ना कार्यकर्तालाइ तयारी अवस्थामा राख्नु जरुरी भैसकेको छ र त्यो भन्दा पुर्व आफ्नो पाटीको संक्रमण को अन्त्त्य हुनु जरुरी छ ।

     पहिलो कुरा त नेपाली कांग्रेसमा जनविश्वास छ , जन आधार छ र यस्तो अवस्था हुदा हुदै पनि पनि तिनै तहमा निर्वाचनको परिमाणले दिन खोजेको सन्देस नेपाली काग्रेसले वुज्नु जरुरी छ । नेपालि कांग्रेसमा जनविश्वास जनआधार हुदा हुदै पनि काग्रेस भित्र एक आपसमा , एक अर्कामा विश्वास नभएकै परिणती हो निर्वाचनको परिणाम । अहिले कांग्रेस पाटीमा एक आपसमा यही विस्वास वनाउनु पर्छ , यही विस्वास जगाउनु पर्छ । काग्रेस मा अहिले अध्यारो छ र त्यो अध्यारो मा कसैले कसैलाइ मित्र देख्दैन र यही अध्यारो मा हुर्किरहेको काग्रेस ले एक अर्कालाइ सिध्याउने खेल छ। काग्रेस अहिले यो अध्यारो वाट उज्यालोमा आउनु जरुरी छ र त्यो उज्यालोवाट मात्रै काग्रेसले काग्रेस  लाइ चिन्छ र काग्रेसले काग्रेस भित्र विस्वास जगाउन सक्छ । र त्यो  विस्वासले जनताको विस्वास जित्न सक्छ।

    संसदको सर्वोच्चता र काग्रेस

    अहिले संसदमा संसदको  सर्वोच्चताको कुरा उठिरहेको छ , संसदको सर्वोच्चता के हो र यस्को सर्वोच्चता को मा निहित छ । यो कुरा दुइतिहाइ को सरकारको क्रियाकलापले के देखाउदै छ भने संसदको सर्वोच्चता सरकारमा छ । नेपाली कांग्रेसले यहाँ नेर वुजाउनु  पर्छ ।

    संसदको सर्वोच्चता जनतामा निहीत छ , यस्को अर्थ लोककल्याण , जनहितमा संसद केन्द्रित रहनु हो । 

    डा. गोविन्द केशी को अनशनलाइ लिएर अहिले संसदको 'सर्वोच्चता लाइ चुनौती दिएको 'भनेर सरकार वाट आएको कुरा ले संसदको गरिमा , सर्वोच्चता क़ायम हुदैन ।संसदको सर्वोच्चतत जनतामा छ । 

    सरकारमा , सरकार ले नेतृत्व गरेको पाटी विशेषमा  भन्दा पनि प्रतिपक्षले संसदको सर्वोच्चता वचाउछ , गरिमा  वडाउंछ । डा. गोविन्द केशीको यही माँगलाइ राष्ट्रहितमा रहेकै कारण ले प्रतिपक्षले संसदको गरिमाकै लागी  साथ दिएको थियो । मुलुकमा विधी को शाशन हुनुपर्छ , न्याय र कानुन प्रजातन्त्रमा सर्वोपरी हो भन्ने कुरा अहिले छायामा पर्दै छ । अहिले प्रजातांत्रिक इतर पक्षको दुइ तिहाई को जवरजस्त सरकार छ  यसवाट प्रजान्त्र खतरामा छैन यसो भन्न अहिले सकिरहने अवस्था किन छैन भने संसदको सर्वोच्चतामा निरन्तर प्रहार भइरहेको छ ,त्यो प्रदेस देखी केन्द्र सम्म सभामुख र उप सभामुखको मुध्दा होस या गोविन्द केशी को सत्याग्रह मा सरकारको सक्ती प्रवेस को कुरा होस या प्रधानमन्त्री सफथ को कुरा होस यि सवै घटना र प्रक्रिया ले संसदको सर्वोच्चता लाइ स्विकारेको छ भन्न सकिन्दैन। 

    संसदको सर्वोच्चता नस्विकार्नु को अर्थ प्रजातन्त्र ख़तरा मा छ   

    सेर वहादुर देउवा को सरकार लाइ अपदस्थ गरेर संसद विंघटन गर्दा नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइराला ले विघटित संसद लाइ पुनर्स्थापित गर्न जुन आन्दोलन गरे संसद पुनर्स्थापित  गरे त्यो संसदकै सर्वोच्चता को लागी हो ,

    नेपाली राजनीतिमा पुन त्यस्तो राजनीतिक घटनाक्रम दोहरिन्दैन भन्न किन सकिन्दैन भने  अहिले को शासन शैलि ले पंचायती शासन शैलि लाइ स्मरण गराउछ । कुनै पनि घटना कुनैपनी कार्यशैली ले एकाएक विगतका घटना र कार्यशैलिलाइ स्मरण गराउछ भने यस्मा सामामान्ज्यस्यता छ भन्न सकिन्छ ।अहिले वर्तमान सरकारवाट यही कुरा सवैको मष्तिष्क मा  क्लिक गरिरहेछ , वर्तमान सरकारको यस्तो पुजी नवनोस ।

    अव फेरी सहयात्री दल विरुध्द सडक र सदन 

    मुलुकमा  संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ सम्पुर्ण राजनितिक दलहरु को सहभागीतामा स्थापना भएको यो गणतन्त्र  अहिले तत्कालिन समयका सहयात्री दल माओवादी र ने क पा एमाले एकिकृत पछी ने क पा पाटी र त्यही पाटिको नेतृत्वमा निर्मित सरकार नै  अहिले को मौजुदा व्यवस्थालाइ समाप्त गर्ने रणनीतिमा लागेको देखिन्छ।वर्तमान सरकारले संसदको सर्वोच्चता लाइ कुल्चदै र नेपालमा विधिकों साशनलाइ समेत चुनौती दिदै सरकार अघिवडिरहेको अवस्थामा 

    नेपाली काग्रेस ले अव फेरी जाहनिय राणा शासन विरुध्द , पंचायत व्यवस्था विरुध्द गरेको आन्दोलन जस्तै पुन एकपल्ट ने क पा को अधिनायकवाद विरुध्द , सर्वसत्तावाद विरुध्द लोकतन्त्रको रक्षार्थ फेरी सडक र सदन दुवैमा आन्दोलन गरेर उदण्ड र मैमत्ता नेकपालाइ र त्यस्को नेतृत्वको सरकारलाइ संविधान , न्याय कानुन र विधिकों शासनमा बाधेर राख्नु पर्ने आवस्यक्ता भैसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…