• देबु बानियाँ
    झापा । नेपाल जेसीजलाई अन्तराष्ट्रिय समुदायमा एकै पटक दुई वटा सफलता मिलेको छ । जसमा पहिलो सपलता नेपाल जेसीजका वर्ष २०१८ का अध्यक्ष सिनेटर श्रीधर बस्याल विश्व जेसीजको स्किल डेभ्लोप्मेन्ट कमिटिको सदस्यमा मनोनित हुनु भएको छ ।

    भारतको गोवामा जारी जेसीजको अन्तराष्ट्रिय महासभामा भएको विश्वका जेसीजहरुको भेलाबाट अध्यक्ष बस्याल सदस्यमा मनोनित हुनु भएको हो ।
    वर्ष २०१९ का लागि यस कमिटिको अध्यक्षमा निर्वाचित हुनु भएका एलेक्ज जेन्डर टियोले नेपालका अध्यक्ष बस्याललाई कमिटिको सदस्यमा मनोनित गर्नु भएको हो । शनिवार सम्म सञ्चालन हुने महासभामा सहभागि हुन नेपालबाट अध्यक्ष बस्यालको नेतृत्वमा जेसीजकर्मीहरु गोवा पुग्नु भएको छ । वर्ष २०१८ मा नेपाल जेसीजलाई कुशल र प्रभावकारी नेतृत्व प्रदान गर्दै आउनु भएका अध्यक्ष बस्याल प्रखर र स्पष्ट वक्ता तथा एक कुशल अभिभावकको रुपमा रहनु भएको छ । उहाँको यो सफलतामा नेपाल भरीका जेसीजकर्मीहरुले सोसियल मिडिया मार्फत खुसी साटासाट गरिरहनु भएको छ । यो सफलताले नेपाल जेसीज अन्तराष्ट्रिय समुदायमा थप उचाईमा पुगेको नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष एवम् वर्ष २०१९ का लागि सम्भावित राष्ट्रिय अध्यक्ष महेश पौडेलले बताउनु भयो ।
    यसैगरी दोस्रो सफलतामा सोही भेलामा विश्वका १० उत्कृष्ट युवाहरुलाई प्रदान गरिने उत्कृष्ट युवा पुरस्कार नेपालका कमल लामिछानेलाई प्रदान गरिएको छ ।
    जापानको युनिभरसिटिमा सह प्रधापकको रुपमा काम गर्दै आउनु भएका लामिछानेले पाउनु भएको यो पुरस्कार नेपालीहरुका लागि गौरवको बनेको पौडेलले बताउनु भयो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…