• कार्तिक १७, काठमाडौं । छक्कापञ्जा–३ ले तराईमा बाहुबलीको रेकर्ड तोडेर एक नम्बरको सिनेमा भएको छक्कापञ्जा टिमले दाबी गरेको छ ।

    नारायणघाट, बुटवल हुँदै शुक्रबार नेपालगन्ज पुगेको छक्कापञ्जा टिमले सञ्चारकर्मीसँगको भेटमा तराईका जिल्लामा नेपाली सिनेमाको बजार साँघुरो भइरहेको बेला बाहुबलीको रेकर्ड तोडेर उत्साह जगाएको बताए ।

    फिल्मका निर्देशक दीपाश्री निरौलाले देशभर १८ करोडको व्यापार गरेको बताइन् । ‘छक्कापञ्जाले १६ करोडको व्यापार गरेको थियो । त्यसको रेकर्ड तोडेको छ’, निरौलाले भनिन्, ‘हामी करोड र केकमा भने विश्वास गर्दैनौं । चौथो हप्ता पनि दर्शकको अपार मायाले चाँडै अर्को चलचित्र ल्याउने तयारी छ ।’

    उनले नयाँ चलचित्र छक्कापञ्जाकै अर्को सिक्वेल नहुने तयारी गरे पनि दर्शकबाट छक्कापञ्जा नै हुनुपर्ने जोड भइरहेको बताइन् ।

    चलचित्रका निर्माता तथा लेखक दीपक गिरी तराई क्षेत्रमा सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र बनेको भनदै निकै खुसी देखिन्थे । उनले भने, ‘तराई जस्तो ठाउँ जहाँ नेपालीभन्दा मैथिली, अवधि, भोजपुरी, हिन्दीलगायतका भाषाको बाहुल्यता भएको ठाउँमा हामीले बाहुबलीलाई उछिन्नु नेपाली सिनेमाकै जीत हो ।’

    सो अवसरमा कार्यकारी निर्माता जितु नेपाल ‘मुन्द्रे’ले दर्शकले नै दर्शक बढाएकोमा खुसी ब्यक्त गरे । ‘दर्शकले आपूmले मात्र हेरेनन् । अरुलाई पनि हेर्न पठाए । ठाउँ ठाउँमा रेकर्ड तोड्यो है भन्दा खुुसी लागेको छ’, उनले भने । अर्का कार्यकारी निर्माता केदार घिमिरे माग्ने बुढाले नेपाली चलचित्र सफल हुँदा निर्माता, निर्देशक मात्र नभएर धेरैलाई फाइदा पुग्ने बताए ।

    छक्का पञ्जा टिमले दिउँसो ४ बजेतिर नेपालगन्जको बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा पुगेर दर्शकहरुसँग खुसी साटेका थिए । फिल्मका दर्शकहरुले उनीहरुसँग सेल्फी खिचेका थिए ।

    नेपालगन्जको बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा भने अहिलेसम्म २७ हजार दर्शकले छक्का पञ्जा–३ हेरेको प्रबन्धक निरजमान शाक्यले जानकारी दिए । उनले भने, ‘अझै छक्का पञ्जा–३ हलमा उत्साहजनक रुपमा चलिरहेको छ ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…