• कार्तिक १७, काठमाडौं ।  वालिङ १४ डाँडाखर्ककी मानसिक समस्या रहेकी एक युवतीलाई उपचारका लागि झारफुक गर्ने भन्दै निर्घात कुटपिट गरिएको खुलेको छ । २१ वर्षीया खगिसरा कुँवरमाथि कुटपिट भएको भिडियो समाजिक सञ्जालमा देखिएपछि प्रहरीले थाहा पाएको हो ।

    दसैंको कोजाग्रत पूर्णिमाको दिन भीरकोट ५ स्वरेकमा रहेको कालिका मन्दिरमा उनीमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको घटना सामाजिक सञ्जालमार्फत थाहा पाएपछि सम्बद्ध पक्षको खोजी सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । कालिका मन्दिरमा झारफुक गरेर निको हुन्छ भन्दै भीरकोट ५ थालेखर्कका ६० वर्षीय रितबहादुर थापाले कुटपिट गरेको खुल्न आएको प्रहरी निरीक्षक शंकर आचार्यले बताए ।

    ‘घटनाको भिडियो सामाजिक सञ्जालमा आयो, हामीलाई न कसैले उजुरी गरे न त पीडित र पीडक पक्ष नै सम्पर्कमा छन्,’ उनले भने, ‘हामीले जानकारी पाएर खोजी थालेपछि उनीहरू भागेर कतै लुकेको शंका छ ।’ आरोपी थापा कालिका मन्दिरका पुजारी हुन् । उजुरी नआए पनि एकजना रोगी महिलामाथि भएको दुव्र्यवहार क्षम्य नभएको उनले बताए । ‘वनदेवी लागेको छ, पन्छाउनुपर्छ भन्दै कुटपिट गरेका रहेछन्,’ उनले भने, ‘युवतीको उपचारका लागि घर परिवारले नै मन्दिरमा पुर्‍याएको जानकारी आएको छ ।’ सार्वजनिक स्थलमा दिउँसै ती युवतीमाथि अभद्र व्यवहार हुँदा पनि उनका आफन्त र स्थानीयले विरोध नगरेको भिडियोमा देखिने उनले बताए ।

    आफ्नै नगर क्षेत्रभित्र भएको घटना आफूले फेसबुकमा कसैले ट्याग गरेको भिडियोमार्फत थाहा पाएको नगरप्रमुख छायाराम खनालले बताए । ‘पीडितको पक्षमा बोल्ने र सम्हाल्ने मान्छे देखिएन,’ उनले भने ‘पढेलेखेका नेट इन्टरनेट बुझेका पनि केही नबोली रमिते बनेछन् । मोबाइलमा फोटो र भिडियो खिचेर सार्वजनिक गर्ने व्यक्ति पनि अपराधी हुन् ।’

    झाँक्री बनेका रितबहादुर सोही वडामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनेका व्यक्ति रहेको खुलेको उनले बताए । घटनाका दोषीमाथि कारबाही हुनुपर्नेमा उनले जोड दिए । ’समाचार कान्तिपुरमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…