• साँखु, १७ कात्तिक। काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले रु एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा तास खेलिरहेका बेला ताससहित पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो ।



     



    धनकुटा घर भई काठमाडौँ थली बस्ने ४१ वर्षीय मानबहादुर माझी, नुवाकोट घर भई साँखु बस्ने ३२ वर्षीय बाबुराम तामाङ, काभ्रे घर भई साँखु बस्ने ३५ वर्षीय सुरेश लामालगायत १४ लाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।



    नियन्त्रणमा रहेका उनीहरूलाई महानगरीय प्रहरी बृत बौद्ध लगिएको र कारबाहीका लागि अनुसन्धान भइरहेको बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…