• विवेक मिश्र पत्रकारिता क्षेत्रमा कृयाशिल पत्रकारको नाम हो । उहाँ पत्रकारिता क्षेत्र संगसंगै सामाजिक क्षेत्रमा पनि अब्बल मानिनुहुन्छ । मोरङको बेलवारी नगरपालीका ११ लक्ष्मीमार्ग स्थीत स्थायी बसोवास गरीरहनुभएका विवेक मिश्रले २०६४ सालमा जनविद्रोह दैनिक बाट सुरुभएको पत्रकारिता ब्लाट टाइम्स हुदै हाल उद्घोष दैनिक सम्म आईपुग्दा उहाँ निरन्तर कलम चलाई रहनुभएको छ । २०४७ असार १४ गते धनकुटाको तांखुवा १ सिभुवामा बुवा हिमप्रसाद मिश्र र आमा हिमा मिश्र बाट कान्छो छोराको रुपमा जन्मनुभएका विवेक पत्रकारिता संगसंगै व्यवसायी रुपमा पनि स्थापित मानिनुहुन्छ । विवेक डाँगिहाट व्यापार प्रवन्ध समितिको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उत्तरी मोरङलाई कर्मथलो बनाएर पत्रकारिता गरि रहनुभएका विवेकलाई हामीले आफ्नो जिवन भोगाई प्रश्न सोध्यौ, उहाँको जवाफ यस प्रकार रहेको छ ।

     तपाई कहाँ जन्मीनुुभयो ?
    धनकुटाको तांखुवा १ सिभुवा मा

     कस्तो परिवारमा ?
    सामान्य किसान

     बाल्यकाल कसरी बित्यो ?
    सामान्य

     सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
    सानै उमेर देखी सञ्चार क्षेत्र मन पथ्र्यो र २०६४ साल देखी आउने मौका मिल्यो ।
    सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
    सुरुवाती दिनमा निक्कै गाह्रो र अप्यारो थियो, इमेल इन्टरनेटको पहुच गाँउमा पुगेको थिएन । टाढा टाढा सम्म साईकल चलाएर गएर फ्याक्स गरेर पठाउनु पथ्र्यो ।
     अरु केही बन्ने सपना थियो की ?
    निजामती क्षेत्रमा अलिक बढि रुचि थियो ।

     कसैले ल्याएको हो या आफै आउनुुभयो ?
    आफै आएको हुँ ।

     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    संघर्षपुर्ण रहयो ।

     आफ्नै नजरमा विवेक के हो र को हो ?
    विवेक सामाजीक क्षेत्रमा रुची राख्ने व्यक्ति हो जो कलमको माध्यमबाट समाजमा लुकेर रहेका अथवा ओझेलमा परेका गतिबिधी दुनियासामु ल्याउन मद्दत गर्दछ ।

     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
    मेहनती र इमान्दार छ भन्दीए पुग्छ ।

     आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
    साथीभाई संग चाँडै घुलमिल हुन सक्ने ।

     अनि कमजोर पक्ष चहि नी ?
    अरुलाई चाँडै विश्वास गर्ने ।


     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    उसको आनिबानी बोलीचालीको आधारमा

     तपाईलाई कति खेर रिस उठ्छ ?
    नभएको आरोप खेप्नुपर्दा

     अनि कतिखेर भावुक हुनहुन्छ ?
    साथीहरुलाई समस्या पर्दा

     तपाई कतिको संयमित हुनुहुन्छ ?
    म हदै सम्म संयमितता अपनाउछु ।

     अनि कतिखेर खुुसी हुनुहुन्छ ?
    आफ्नो साथीभाईको प्रगती देख्दा खुसी हुन्छु ।

     तपाईलाई कस्तो मान्छे म पर्छ ?
    इमान्दार र सहयोगी

     अनि कस्तो मन पर्दैन ?
    असहयोगी मान्छे मन पर्दैन ।

     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
    बिशसघाती देखी घृणा लाग्छ ।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    फुर्सदमा आर्टिकल लेख्न मन पर्छ ।


     पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
    व्यवसाय

     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    खुुसी

     अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
    अखण्ड भण्डारीको ‘समाचारको भाषा’ पढीरहेको छु ।

     दोहोराएर पढ्नुु भएको पुुस्तक ?
    पढेको छु ।

     कस्ता फिल्म हेर्नुुहून्छ ?
    कमेडी किसीमका ।

     तपाईलाई मनपर्ने फिल्म ?
    जात्रा

     दोहोराएर हेर्नुभएको फिल्म ?
    जात्रा

     तपाईलाई म पर्ने हिरो हिरोइन ?
    विपिन कार्की र रेखा थापा

     मनपर्ने गायक–गायिका ?
    प्रमोद खरेल र इन्दीरा जोशी

     मनपर्ने ठाउँ ?
    पोखरा


     मनपर्ने खाना ?
    नेवारी खाजा

     मनपर्ने पोसाक ?
    क्याजुवल

     तपाईलाई मनपर्ने नेपालका नेता ?
    विसेश्वर प्रसाद कोइराला

     अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
    नेल्सन मण्डेला

     नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
    गगन थापा, जनार्दन शर्मा

     तपाईको आदर्श को हो, किन ?
    मेरो परीवार जसले संस्कार सिकाएर साहास दिन्छ

     नेपालका मन पर्ने साहित्यकार ?
    आदिकवी भानुभक्त आचार्य

     आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
    छैन

     अनि यो समाजप्रति चहि नी ?
    छैन

     जीवन के रहेछ ?
    जीवन संघर्स हो ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    पत्रकारीता क्षेत्रमा अझ सशक्त कलम चलाउने ।

     पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
    पत्रकारिता क्षेत्रमा लागेर समाजको माया पाँए ।

     अनि के गुमाउनु भयो ?
    त्यस्तो महसुस गरेको छैन ।


     पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
    अवश्य पनि बाँच्न सकिने वातावरण बनेको छ, क्षमतावान पत्रकारको लागी समाचार लेखेरै बाँच्न गाह्रो छैन ।

     नयाँलाई के सुझाव दिनुहुन्छ ?
    पत्रकारिता क्षेत्र एक सभ्य र जिम्मेवार क्षेत्र हो । यस क्षेत्रलाई समाजले ठुलो विश्वास र भरोषा गरेको हुन्छ त्यसैले इमान्दारीता पुर्वक दक्ष भएर मात्र यस क्षेत्रमा लाग्नुहोस ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…