• उर्लाबारी, १७ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित अरनिको माविको प्राङ्गणमा जारी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सेमीफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब विजयी भएको छ ।
    प्रतिस्पर्धी दमक फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै चर्च ब्वाइज बिजयी भएको आयोजक समितिका सचिव भुपेन्द्र शेर्माले जानकारी दिनुभयो । 
    चर्च ब्वाइजका भुवन बस्नेत र डिकेश लिम्बुले एक–एक गोल गरेका थिए भने दमकका विशाल बस्नेतले गोल गरेका थिए ।



    आजको विजेता चर्च ब्वाइजले आगामी सोमबार हुने फाइनल खेलमा आयोजक कुलझोडा युवा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
    यही कात्तिक १२ गतेदेखि सञ्चालित सो प्रतियोगितामा चर्चित आठवटा फुटबल टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख र द्वितीय हुनेलाई एक लाख नगद पुरस्कारसहित मेडल, टफी र प्रमाणपत्र बितरण गरिने आयोजक समितिका अध्यक्ष कमल फ्याकले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…