• नेपाल । विश्वका १ सय २५ राष्ट्रमा आफ्नो संजाल रहेको र मानविय क्षेत्रमा कृयाशिल जुनिअर चेम्बर इन्टरनेश्नल ९जेसिआइ० ले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिहरूलाई छनोट गरी सम्मानित गर्दै आएको छ । यो वर्ष पहिलोपटक नेपालबाट सहप्राध्यापक डा. कमल लामिछाने प्राज्ञिक क्षेत्रमा पुर्याएको योगदान र हासिल गरेका उपलब्धिका कारण यो सम्मान पाउने १० जना भित्र परेका हुन् ।
    हरेक मुलुकमा रहेको जेसिसका कार्यालयहरूले बिभिन्न क्षेत्रमा योगदान पु्¥याएको आफ्ना नागरीकहरूलाई सिफारिस गर्न सक्ने व्यवस्था अनुसार लामिछानेलाई यसपटक नेपालबाट जेसीसले सिफारिस गरेको थियो । ३९ मुलुकका ४० वर्ष भन्दा कम उमेरका विभिन्न क्षेत्रमा योगदान पुर्याएका २ सय २२ जना व्यक्तिहरू सिफारिस भएकोमा छनोट समितिले सुरूमा उनीहरूले पुर्याएको योगदानलाई आधार मानी उत्कृष्ट २० जनाको सूची तय गरेको थियो । त्यसपछि त्यहाँबाट १० जना सम्मानित हुनेहरूको नाम तय गर्न अनलाइन भोटिङ खुला गरिएको थियो । तर भोट बढि ल्याउँदैमा मात्रै त्यो सूचीमा पर्न सकिँदैनथ्यो । जेसिआइले आफ्नो वेबसाइटमार्फत दिएको जानकारी अनुसार उसका अन्तराष्ट्रिय अध्यक्षका अलावा बान्कि मुन सेन्टर फर ग्लोवल सिटिजन्सका प्रमूख कार्यकारीसहितको ५ सदसीय निर्णायक समितिले १० उत्कृष्ट युवा व्यक्तिहरूको सूचीलाई अन्तिम रूप दिएको थियो । डा. लामिछानेसहित सिरिया, मंगोलिया, फिलिपिन्स, बेलायत, नाइजेरिया र टर्कीबाट यो पुरस्कार हासिल गर्न सफल उनीहरूलाई भारतस्थित गोवामा भएको जेसिआइको विश्व सम्मेलनका क्रममा यहि नोभेम्बर २ तारिकका दिन मुखर्जी रंगशालामा एक समारोहका बीच सम्मान गरिएको हो ।

    “यो सम्मान नेपाल र नेपालीहरूमा समर्पित गर्न चाहान्छु ’ नेपालबाट पहिलोपटक यसरी जेसिआइबाट सम्मानित भएपछि लामिछानेले भनेका छन् –‘यो सम्मानबाट मानिसहरूमा थोरै नै भएपनि अपांगताप्रति जनचेतना जगाउन सकियो र सँगसँगै आगामी दिनहरूमा नेपालबाट जेसिआइलगायतका मन्चमा हाम्रो प्रतिनिधित्व धेरै भन्दा धेरै हुन सक्यो भने आफ्ना लागि त्यो नै ठूलो सन्तुष्टि हुनेछ ।”
    आफ्नो कार्यकालमा नेपाललाई जेसिआइको यस्तो सम्मान मिलेकोमा जेसिआइ नेपालका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले खुशी व्यक्त गर्दै लामिछानेले पुर्याएको योगदान र हासिल गरेको उपलब्धिलाई हेर्दा उनका लागि यो सम्मान स्वभाविक भएको बताउनु भयो । आगामी दिनहरूमा उनीसँगै मिलेर अपांगतासहित अन्य क्षेत्रमा काम गर्न सकिनेमा आफू आशावादी भएको बस्यालले बताउनु भएको छ ।

    को हुन डां लामिछाने ?
    डा. कमल लामिछाने धेरैका लागि अपरिचित नाम होइन । उनी विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिविहीन व्यक्ति हुन् । दृष्टिविहीन भएकै कारण १२ वर्षको उमेरसम्म पढ्न नपाएका लामिछाने चितवनस्थित कालिका नगरपालिका वडा नं। ७ का स्थायी बासिन्दा हुन् । उनले सन् २०१० सालमा टोक्यो विश्वविद्यालयबाट पिएचडी गरेका हुन् ।

    जापानमा बसोबास गर्ने लामिछाने हाल चुकुबा विश्वविद्यालयका सहप्राध्यपक हुन् । चुकुबामा अध्यापन गर्नु पूर्व उनी जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत थिए । उनका शिक्षाका साथै अपांगतासम्बन्धी थुप्रै अनुसन्धानमूलक प्राज्ञिक आलेखहरू अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् भने विगत ६ वर्षदेखि कान्तिपुर दैनिकमा उही मुटु उही भावना नामक मासिक स्तम्भ लेख्दै आएका छन् । लामिछानेको विकासोन्मुख मुलुकमा अपांगता, शिक्षा र रोजगारी नामक क्याम्ब्रिज विश्व विद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो ।

    आत्मविश्वास, परिश्रम र सकारात्मक सोचमा विश्वास राख्ने उनले संयुक्त राष्ट्र संघको दीगो विकाशका लक्ष्यहरूमा अपागंतालाई समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए । विश्व बैंक र संयुक्त राष्ट्रसंघका अलावा उनले एशिया, उत्तर र दक्षिण अमेरीका अनि अष्ट्रेलियामा बिभिन्न समयमा शिक्षा र रोजगारीका बारेमा अनुसन्धानमा आधारित लेक्चरहरू दिँदै आएका छन् ।
    अन्तराष्ट्रिय रूपमा यस्तो सम्मानको व्यवस्था हुनु पहिले अमेरीकामा पूर्वराष्ट्रपतिहरू जोन एफ केनेडी, रिचर्ड निक्सन र बिल क्लिन्टनलगाएतले पनि जेसिआइको अमेरीकाभित्र यो सम्मान पाएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…