काठमाडौं,१८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ । नेपालीहरुकालागि बेलायतले भिसा भारतस्थित दुतावासबाट दिने गरेको छ । भारतीय दुतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा च्यातिएको पाइएपछि उहांको शनिबार हुने भनिएको भ्रमण नै रद्ध भएको छ ।
नोभेम्वर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भएका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको भिषामा क्रस गरिएको राहादानी दिएपछि मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो।
भिषा लागेको राहदानी लापरवाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य धुव्र पोखरेलले जानकारी दिनु भयो । उहाँका अनुसार एक पटक टासिएको भिसा पुन निकाली दोहो¥याएर टास्न खोज्दा च्यातिएको देखिन्छ’।
भिषा च्यातिएको र भिषा रातो रङको मसीले क्रस गरिएको छ । राहादानीको पृष्ठ नम्वर १४मा सन् २०१९को मे १ सम्मकालागि मल्टिपल भिषामा ‘सी भिजिट’ लेखिएको छ । भिसा प्रकृयामा वेलायती दूतावासको या भीएफएस ग्लोवल नेपालको लापर्वाहीका कारण भिसा रद्द भएको हो भन्ने विषयमा अहिले नै कही भन्न नसकिने बताइएको छ ।
मन्त्रीको बेलायत भ्रमणका लागि ललितपुको भिएफएस ग्लोबल नेपाललमा भिषाका लागि मन्त्री अधिकारीले आवदेन दिनुभएको थियो । राहदानी संकलन गर्न भिएफएस कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेको भिसा भएको राहदानी दिए पछि मन्त्रीको बेलायत भ्रमण प्रभावित भएको सचिवालयले जनाएको छ।
‘लामो समय सम्म मिस प्लेस गरेको र अन्तिम समयमा आएर राहादानी दिइएको छ, भिएफएस ग्लोवल नेपालले नियतवस वा टास्ने प्रकृयामा च्यातिएको हो भन्ने वारे म कही भन्न सक्दिन भिएफएस ग्लोवलले राम्रो व्यावहार नगरेको मन्त्री अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । मन्त्री अधिकारीले आफु मेलामा नजाने प्रष्ट पार्नु भयो ।
मन्त्री अधिकारी पर्यटन व्यवसायी र मन्त्रालयका वरिष्ठ अधिकारीसहित ३१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन जानेकार्यक्रम तय भएको थियो ।
राहादानीको भिषामा त्रुटी भेटिएपछि यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले पाटन स्थित भिसा वितरक संस्था भीएफएस ग्लोवलको कार्यालयमा पुगेर गल्ति गरेको मुचुल्का नै वनाएको सचिवालयले जनाएको छ।
पहिले गल्ति स्वीकार गरेपनि मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएफएसका कर्मचारीलाई प्रहरीले कानुनी प्रकृयामा गएर कारवाही गर्ने जानकारी गराएपछि गल्ति स्वीकार गर्दै हस्ताक्षर गरी आइतवार सम्म पुन अर्को भिसा इसु गर्ने जनाएको भए पनि मन्त्रीको सचिवालय सदस्य कृष्ण प्रसाद आचार्यले भ्रमण रद्द भएको जानकारी दिनु भयो ।
बेलायत भ्रमणमा जाने अन्य प्रतिनीधिहरुको भने बिहीबार नै भिसा दिएको थियो । बिहीबारसम्म राहदानी नदिएपछि शुक्रबार कार्यालय खुल्नासाथ मन्त्रीका सचिवालय सदस्य आचार्य भिएसएफ ग्लोबल नेपालको कार्यालय पुग्नुभएको थियो । स्रोतका अनुसार भिएफएस ग्लोवलले केही समय अगाडि अख्तियार अनुसन्धान आयोका आयुक्तको पनि भिसा च्यातेर राहदानी थमाएका थिए । नेपाल समाचार पत्रबाट ।