• काठमाडौं  — सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् ।











    प्रजिअ कार्कीका अनुसार गिरीलाई जिल्ला अस्पताल कालीकोट राखिएको छ । उनको टाउकोमा ५ वटा टाँका लगाइएको छ । यस्तै गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लगाइएको बताइएको छ । यसरी नै नगर प्रहरी इन्र्चाज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको कार्यपालिकाका एक सदस्यले टेलिफोनमार्फत जानकारी दिए ।



    प्रजिअ कार्कीका अनुसार भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोली र चापाकोट नगरपालिकाको टोली एउटै होटलमा बास बसेका थिए । च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको उनले बताए ।



    उनका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । ‘राति दुई बजे भएको झगडामा घाइतेलाई हस्पिटल लगियो भने अन्यलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ,’ उनले भने, ‘गल्ती दुवै पक्षको छ । दुवै पक्षको सहमतिमा अगाडी बढ्छौं ।’ उनले दुवै पक्ष बाहिरी जिल्लाको भएकाले उनीहरुको सहमतीमा कारबाही गरिने बताए ।

    स्याङजा कामु प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले रारा भ्रमण गएका चापाकोट नगरपालिकाको टोलीबीच भएको झगडाबारे यर्थाथ बुझ्न बाँकी रहेको बताए । उनका अनुसार कालीकोट प्रजिअमार्फत मादक पदार्थ सेवन गरेर रातभर झगडा गरेको सूचना आएको र यर्थाथ बुझ्ने काम भइरहेको छ ।

    इकान्तिपुरबाट








सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…