•  काठमाडौँ, १८ कात्तिक । काँग्रेसमा महासमिति बैठकको तयारी शुरु गरिएको छ । महासमितिको बैठक काँग्रेसको नीति निर्माण गर्ने उच्चस्तरीय थलो हो । महासमिति बैठकमा पार्टीभित्रका समस्या, गतिविधि र संगठनको अवस्थाबारे खुला रुपमा चर्चा गर्ने गरिन्छ ।

    विगतमा महासमिति बैठकमा कर्मकाण्डी प्रक्रिया मात्र पूरा गरी प्रतिवेदनलाई ताली बजाएर पारित गर्ने गरिन्थ्यो । यस पटक महासमिति बैठकले विगतको परम्परालाई तोड्ने अपेक्षा गरिएको छ ।

    काँग्रेसले अब काँचुली फेर्नुपर्ने अपरिहार्य बनेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । पहिलेका १४ अञ्चल ७५ जिल्ला अब सात प्रदेश, ७७ जिल्लामा परिणत भएका छन् भने ७५३ स्थानीय तह बनेका छन् । अहिले स्थानीय तहलाई बलियो बनाइएको छ ।

    काँग्रेसले पनि बदलिँदो राजनीतिक अवस्थामा संरचना खडा गर्नुपर्ने बेला आएको छ । अब पुरातन शैली, सोच र चिन्तनबाट काँग्रेस चल्नेवाला छैन । महासमितिको बैठकमा काँग्रेसको मार्गचित्र, संगठनको तागत, उपलब्धिलगायतका विषयमा व्यापक छलफल हुन जरुरी ठानिएको छ ।

    महासमितिको बैठकमा हार र जितको विषयलाई भन्दा संगठन तथा पार्टीलाई केन्द्रमा राखेर पार्टी नेतृत्वले ध्यान दिनुपर्ने अपरिहार्यता देखिएको छ । महासमिति बैठकमा क्रियाशील सदस्यताको विवादलाई हटाई संगठनलाई चुस्तदुरुस्त बनाउन बढीभन्दा बढी सदस्यता विस्तार गर्न जरुरी देखिएको छ ।

    महासमिति बैठकमा गुटबन्दीको अन्त्य भई काँग्रेस एकढिक्का भएको सन्देश देभरिका कार्यकर्ताले सुन्ने आशा गरेका छन् ।

    हाल काँग्रेसमा पाँच लाखको हाराहारीमा क्रियाशील सदस्य छन्, एमाले र माओवादी मिलेपछिको राजनीतिक, अवस्थामा काँग्रेसको पार्टी सदस्य संख्या कम्तीमा ५० लाख पु¥याउनुपर्ने देखिएको छ ।

    नेकपाको सरकारबाट विचलित बनेका गरिब नेपाली जनताको मन र भावनालाई काँग्रेसले महासमिति बैठकमा प्रतिनिधित्व गरी गाउँ, बस्ती, टोलटोलबाट काँग्रेसले काँचुली फेर्ने वातावरण बनाउन जरुरी देखिन्छ ।

    अब काँग्रेस नेतृत्व आफ्नो स्वार्थमा भन्दा जनताको हित र पार्टी एवं संगठनको स्वार्थमा जुट्न विलम्ब गर्नु हुँदैन । काँग्रेसले अब निदाएकालाई ब्यूँताउनुपर्ने र ब्युँझिएर निस्क्रिय बनेकाहरुलाई बिनाभेदभाव क्षमताको आधारमा दौडाउनुपर्ने बेला आएको छ । नयाँ विमर्शका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…