• दमक । पश्चिम बाट पुर्व जाँदै गरेको को २ च ११८१ नम्बर को मारुति भ्यान र विपरित दिशा बाट आउदै गरेको मे ६ प ८९७४ नम्बर को मोटर साईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटर साईकल को पछाडी बस्ने कुम्मायक गाउँपालिका २ पाँचथर का वर्ष २८ को श्रवण कुमार सेर्माको उपचारको क्रममा दमक स्थित लाईफ लाईन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका डिएसपी श्यामल कुमार सुब्बा ले जनाकारी दिए ।

    त्यसैगरी सक्त घाईते हुनेमा मोटर साईकल चालक दमक ११ निवासी वर्ष ४० का तारा सेर्मा को विर्तामोड स्थित विएमसी अस्पतालमा उपचार भैरहेको छ भने भ्यान चालक धरान १५ का महेन्द्र गुरुङ्ग र भेनका यात्री धरान ३ निवासी आशा खड्गी सामान्य उपचारपछि घर फर्किएको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

    दुर्घटनामा संलग्न भ्यान र मोटर साईकल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…