• काठमाडौं, १८ कात्तिक । पत्रकार भनेको देशको चौथो अंग हो । तर, पत्रकारिताको नाममा नै कंलक धब्बा बनाएका एक प्रतिनिधि पात्र ।

    जो, पत्रकारिता पेशाको बिल्ला ओडेर कमाउ धन्दामा सक्रिय भएका छन् । उनी हुुुन् कपिलवस्तुको मेेेरो साथी एफएमका प्रबन्ध निर्देशक चिन्ता परियार ।

    कपिलवस्तुबाट पत्रकारिता गर्दैआएका परियारले केही महिना अगाडि एक अस्पताल प्रशासनसमक्ष ५ हजार रुपैयाँ माग गरे । माग गरे अनुसारको रकम नदिए अस्पतालको विरुद्धमा समाचार लेखिदिने सम्मको धम्की उनलेे दिए ।

    अस्पताल दर्तामा नरहेको भन्दै उनलेे चन्द्रौटामा सञ्चालित चन्द्रौटा हस्पिटल प्रालिसँग हप्ताको ५ हजार रुपैयाँ दिन पटकपटक आग्रह र चेतावनी दिए । सञ्चारमाध्यममा खबर प्रकाशित गरिदिने भनी डरत्रास देखाउदै उनलेे धम्कीपुर्ण शैलीमा रकम माग गरे ।

    तर, अस्पताल प्रशासनले उनलेे भने अनुसारको रकम दिएनन् । त्यसपछि उनलेे समाचार हाल्न सुरु गरे । सामाजिक सञ्जाल फेसबुक मार्फत उनलेे सो रकम माग गरेका हुन् ।

    परियारले माग गरे बमोजिमको रकम दिन अस्पताल का संचालक अब्दुल अलिमले अस्विकार गर्दै तत्काल आफूले त्यत्रो रकम दिन नसक्ने र ६ महिनापछि दिन्छु भन्दा कसले कुर्छ भन्दै उनले धम्क्याए पछि अस्पताल संचालक अलिमले आफू समस्यामा परेको भन्दै व्यापारी तथा उनका निकटतम साथी विजय जयसवालसंग कुरा सेयर गरेर म्यासेजको स्क्रिनसट पठाउन सुरु गरे ।

    त्यसपछि सो, स्क्रिनसट जयसवालले आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गरेपछि पत्रकार परियार फेसबुक संवाद एकाएक बाहिरीयो र उनलाई छट्पटी समेत हुन गयो । त्यसक्रममा, उनलेे आफ्नु फेसबुक नक्कली बनाएर कसैले चलाएको सम्म भनी गफ समेत लगाए ।

    तर, बास्तबिकता त्यस्तो थिएनन् । उनको फेसबुक न नक्कली थियो । न त ह्याक नै भएको थियोे । तर, भएको चाहिँ उनलेे पैसा नै मागेको थियो ।

    तर, उनी आफ्नु फेसबुक कसैले नक्कली बनाएको भन्दै हल्ला पिट्न थाले र सबैको मजाक बने । अवस्था त्यस्तो थिएनन् । उनी आफू कार्वाहीमा पर्ने हो कि भन्ने डरले बचाइदिन दौडधुप समेत गरेका थिए ।

    पत्रकार महासंघले दियो उन्मुक्ति
    यता, घट्नाका आरोपितलाई नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले उन्मुक्ति दिएका छन् । पत्रकार चिन्ता परियारलाई पार्टी सदस्यताकै आधारमा महासंघको छानविन समितिले उन्मुक्ति दिइएको स्रोतले बताएको छ ।

    पत्रकार परियारले एक निजी अस्पतालसंग फेसबुक मार्फत हप्ताको पाँच हजार रुपैयाँ नदिए समाचार छापिदिने चेतावनी दिएको स्पष्ट प्रमाण हुँदा समेत महासंघले घट्नाको बिषयमा गहिराईमा नपुगी नेकपा निकटतम पत्रकार भएकै कारण उनलाई उन्मुक्ति दिएको हुन सक्ने स्रोतले बताएको छ ।

    पत्रकार परियारले पाँच हजार रुपैयाँ बार्गेनिङ गरेको र धम्की दिएको सम्बन्धमा पत्रकार महासंघले छानबिन समिति गठन गरेको थियो ।

    जस्मा समितिको संयोजकमा पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी रहेको समितिको सदस्यहरूमा प्रदेश नम्बर ५ का सदस्य मनोज श्रीवास्तव र कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल सदस्य रहेका थिए ।

    सूचना तथा सञ्चार मन्त्रालय र प्रेस काउन्सिलमा पर्‍यो उजुरी
    यसैबीच , कपिलवस्तुबाट पत्रकारिता गर्दै आएका मेरो साथी एफएमका प्रबन्ध निर्देशक चिन्ता परियारमाथि आवश्यक अनुसन्धान र छानबिन बिना नै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले उन्मुक्ति दिएको भन्दै सत्यतथ्य छानबिनका लागी प्रेस काउन्सिलमा उजुरी परेको बुझिन आएको छ ।

    उजुरीमा पत्रकार परियारले चेतावनी एवं धम्कीपुर्ण शैलीमा समाचार छापिदिने डरत्रास समेत देकाइ तत्कालै हप्ताको ५ हजार रुपैयाँ रकम माग गरेको सम्बन्धमा प्रमाण सहित ती निकायम उजुरी परेको स्रोतले बताएको छ ।

    स्रोतअनुसार पत्रकार महासंघले स्पष्ट प्रमाण हुँदा हुँदै समेत परियारको पक्षमा रहि किन बोल्यो सो को समेत जवाफ माग गरेको बताइएको छ । हेल्लो सरकारले गुनासोकर्ताको उजुरी 11-2018-5ZDC73 चलानी नम्बर समेत रहेको स्पष्ट पारेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…