सुनसरी । नेपाल प्रेस युनियन सुनसरीको आठौ जिल्ला अधिबेशनबाट अध्यक्षमा धनबहादुर पुरी र पवन अधिकारी चयन भएका छन् । आधा आधा बर्ष जिम्मेवारी सम्हाल्ने गरी सहमति भएको हो । जसअन्तर्गत पुरीले पहिलो कार्यकाल अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
उपाध्यक्षमा सञ्जिब वाग्ले र रञ्जना पौडेल, सचिबमा निशान चौधरी सहसचिबमा सुप्रिया राई,उषाकिरण घिमिरे,कोषाध्यक्षमा मिकाईल आलम चयन भएका छन् । सदस्यहरु बिवेक रेग्मी,जीवन फुँयाल,सम्राट थापा,जितेन्द्र शाह,नबिन पाण्डे,बिरेन्द्र शाह,महिला सदस्यहरुमा कृण्णकला राई,सुस्मिता राई,सपना राई आदिबासी जनजाति सदस्यमा श्वेता सरदार अल्पसंख्यकमा निश्चल शर्मा चयन भएका छन् ।