• रूपेन्द्र शेर्मा
    उर्लाबारी, १८ कात्तिक/कांग्रेस केन्द्रीय सदस्य एबम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कम्युनिष्ट सरकारको गैह्र जिम्मेवारीपनका कारण संविधान धरापमा परेको बताएका छन् ।
    मोरङको उर्लाबारीमा आइतबार कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा कांग्रेस नेता थापाले सो कुरा बताएका हुन् । संविधान कार्यान्वयनका लागि कांग्रेस जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।
    ‘कांग्रेस सरकारकै पालामा संविधान जारी भएकोले त्यसको कार्यान्वयनमा पनि कांग्रेस जिम्मेवार बन्नुपर्छ’, उनले भने, ‘निर्बाचनमा जय–पराजय बेग्लै कुरा हो, तर कांग्रेस आफ्नो जिम्मेवारीबाट पञ्छिनु हुँदैन ।’ प्रतिपक्षको भूमिका चर्को स्वरले मात्रै होइन जिम्मेवार भएर कांग्रेसले निर्बाह गर्नुपर्ने थापाले बताए ।
    त्यसपछि मोरङको झुर्कियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले केपी ओली संघीयताको विपक्षमा रहेको आरोप लगाए । प्रधानमन्त्री भइसकेपछि संघीयता चलाउन सक्नुपर्ने उनको भनाई छ ।
    सोही कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टको दुई तिहाई सरकार भएको बेला महँगी सगरमाथाको ऊचाईमा पुगेको आरोप लगाए । कांग्रेसको शत्रु कम्युनिष्ट नभई गरीबी र महंगी भएको उनको भनाई छ ।
    कांग्रेस नेतृ डिला संग्रौलाले चुनाव हार्दैमा लोकतन्त्रवादीहरु आत्तिन नहुने सुझाव दिइन् । हिमाल, पहाड र तराई जोड्ने कांग्रेस नै भएकोले नेपालमा कांग्रेसको विकल्प नभएको उनको भनाई छ ।
    कांग्रेस रतुवामाई नगर समितिले आयोजना गरेको सो कार्यक्रम प्रतिनिधि सभा सदस्य एबम् कांग्रेस नेता मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…