• विराटनगर । भारतको बथनाहादेखि  मोरङको विराटनगर महानगरपालिकास्थित बुधनगरसम्म रेल आइपुगेको छ । निर्माण सम्पन्न भएको रेलवे कस्टम यार्ड र भारतीय रेलवे स्टेशन बथनाहातर्फबाट ट्रयाकमा फलाम लिक बिछ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो ।

    हालसम्म रेलवेको परीक्षण भइसकेको जोगबनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए । परीक्षणका क्रममा आइतबार रेलको इन्जिन ल्याइएको हो । अब डिसेम्बर १२ देखि नियमित रुपमा रेल सञ्चालन गरिने उनले बताए । सो मार्गमा चल्ने रेल यात्रुवाहक भने होइन । कच्चा पदार्थ ढुवानीका लागि व्यवसायीहरुले यसको प्रयोग गर्नेछन् । बुधनगरमा रेल आइपुगेपछि स्थानीय हर्षित भएका छन् । रेल आउनु २ घण्टा अगावैदेखि स्थानीय कुरेर बसेका थिए । विराटनगर–१८ का वडाध्यक्ष्य सञ्जय साहले बुधनगरमा रेल आएपछि सबैलाई फाइदा पुग्ने बताए । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

    जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले ब्यहोर्ने समझदारी भएको थियो । समझदारीअनुसार सन् २०१७ मै नेपाली भूमिमा रेल ल्याई पुर्याउनुपर्ने भएपनि विराटनगर–जोगबनी रेलमार्ग निर्माणमा भएको जग्गा मुआब्जा विवादले असर गरेको थियो । बथनाहा–कटहरी १८ किलोमिटर दूरीको रेलमार्गमध्ये बथनाहा–बुधनगरको ८ किलोमिटर रेलमार्ग निर्माण भएपछि रेलको परीक्षण गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…