• सन्तोष गौतम

    मधुमल्ला÷ व्यववसायीक रुपमा बोइलर कुखुरा पानलन गर्दै आएका देशभरका बोइलर कुखुरा पालक किशानहरु आन्दोलीत भएकाछन । किशानले उत्पादन गरेको बोइलर कुखुराको उचित मुल्य निर्धारण गरीनु पर्ने माग राख्दै आज देश भरीका २२ ओटा जिल्लाहरु सहित आज मोरङको बिराटनगरमा पनी शान्ति पुर्ण ¥यालीले आफ्ना मागहरु सहित ज्ञापन पत्र बुझाएको छ ।

    दाना उधोग र ह्याचरी उधोगहरुले आफ्नो मुल्य अनुसारको दाम लिने तर किशानले उत्पादन गरेको उत्पादनको मुल्य भने कोल्ड स्टोर र डिलरहरुको हातमा निरर्भर रहने परम्पराको अन्त्यका लागी यो चरण बद्धरुपमा कार्यक्रमहरु गर्ने क्रममा पहिलो चरणमा यो कार्यक्रमको आयोजना गररीएको नेपाल बोइलर कुखुरा पालक किशान संघका मोरङ जिल्ला अध्यक्ष हरेन्द्र बरालले बताए ।

    आइतबार बिरानगरको रंगशाला बाट शुरु भएको ¥यालीले हस्पिटल चोक, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशान कार्यालयमा सम्म शान्तिपुर्ण मौन ¥याली आयोजना गरीएको थियो । ¥यालीले जिल्ला प्रशासन कार्यलय मोरङका साहयक प्रमुख जिल्ला अधिकारी उमेश पण्डेलाई ज्ञापन पत्र बुझाएको नेपाल बोइलर कुखुरा पाल किशान संघ मोरङका सचिब हरि भण्डारीले बताए ।

    ज्ञापन पत्र बुझ्दै साहायक जिल्ला अधिकारी उमेश पाण्डेले किशानहरुका माग जायज भएकाले आफ्नोे तर्फबाट किशानहरुलाई सक्दो सहयोग हुने प्रतिबद्धता व्याक्त गरे । यस्तै आइतबार नै नेपाल बोइलर कुखुरा पालक किशान संघे झापाले मौन ¥याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको किशान संघका झापा जिल्ला अध्यक्ष राजन पौडेलले बताए । यस्तै चितवन जिल्लामा उल्लेख किशानहरुको सहभागीता सहितको ¥याली निकालीएको नेपाल बोइलर कुखुरा पालक किशान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले बताए ।

    झापा, मोरङ, चितवन, स्याङ्जा, रुपन्देही, नवलपरासी, नवलपुर सहित २२ जिल्लामा शान्तिपुर्ण रुपमा किशानको उल्लेखीय सहभागीतामा कार्यक्रम सम्पन्न भएको पौडेलले बताए । दान उधोग र ह्याचरी उधोेगहरुले अब किशान संग पनी समन्वय गर्दै आगमी दिनमा बैज्ञानी ढंगले दाना, चाल्ला र उत्पादीत माशुको मुल्य तोक्नु पर्ने बताए । पौडेलले भने हाम्रो कशै प्रती पुर्वाग्रह छैन, तर किशानले उत्पादन गरेको कुखुराको माशुको उचित मुल्य निर्धार, दाना उधोेग, ह्याचरी उधोग, राज्य संयन्त्र र किशानको चौपछीय सहभागीताका आधारमा मुल्य निधारण गर्नु पर्ने बताए । किशानका जायज मागहरुलाई सम्बन्धीत निकायले समयमा ध्यान नदीए यस बाट उत्पन्न हुन सक्ने असहज परिस्थीतीको सरोकार वालहरु जिम्मेवार हुन पर्ने पौडेलले बताए ।

    साथै नेपालमा अधिकांस खुल्ला सीमाना रहेकाले सिमानामा उच्च निगरानी , भारतीय कुखुराहरुलाई नेपालमा रोक, किशानलाई सहुलीयत दरमा बित्तिय संस्थाहरुले ऋण प्रवाह, महाँमारी फैलने सक्ने व्यवसाय भएकाले किशानलाई राहत कोषको व्यवस्था, पोल्ट्री सेक्टरमा प्रयोग हुने सामग्रीहरुको गुणस्तर निर्धारण, दाना र चल्लाको मुल्यमा स्थीरता लगायतका किशानका मगहरु पुरा गर्नु पर्ने पौडेलले बताए । यो पहिलो चरणको शान्तिपुर्ण आन्दोल भएको र किशानका मागलाई सम्बोधन नगरीए अझ यो भन्दा शशक्त आन्दोलनमा उत्रने पौडेलले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…