• समिर सुबेदी आरम्भ नाट्य डबली रतुवामाईका अध्यक्ष हुनुहुन्छ । व्यवसायसँगै कला साहित्यमा क्रियाशिल समिर समाजसेवामा पनि रुचि राख्नुहुन्छ । पछिल्लो समय उहाँ लगायत उहाँको टिमबाट स्थानीय स्तरमा धेरै उदाहरणिय काम भएका छन् । समिर निश्वार्थ र सहयोगी भावनाका छन्, हामीले उनको जिन्दगीको आरोह अवरोह बुझ्ने प्रयास गरेका छौ ।
     तपाई कहाँ जन्मीनुुभयो ?
    कोशी अञ्चल मोरङ जिल्लाको साविक इटहरा गा.वि.स हाल रतुवामाई १० सोमबारे भन्ने ठाउमा मेरो जन्म भयो ।

     कस्तो परिवारमा ?
    सामान्य मध्यमवर्गीय कृषि पेशामा आधारित भएर जिविकोपार्जन गरिरहेको परिवारमा भन्नुु पर्छ ।

     बाल्यकाल कसरी बित्यो ?
    वाल्यकाल एकदम दुःखमा भन्नु पर्छ । खेति किशानको छोरो त्यही पनि हाम्रो ठुलो परिवार कृषि पेशावाट प्राप्त आम्दानीले खान मात्र पुग्ने । वावा ममिले पनि सबैको आवश्यकता पुरा गर्नुपर्ने । पढ्नु पर्यो कहिले कापी कलम किन्न नि भनेकोवेला पैसा नहुने । लाउनु पनि पर्यो मलाई याद छ, हामी सिला धान खोज्थ्यौ अनि पैसा जम्मा पारेर दशैको लुगा किन्ने गर्थ्र्यौ । स्कुलमा सबैले के के जाति किनेर खादा खान नि मन लाग्थ्यो । अहिलेजस्तो समय थिएन पैसाको अभाव थियो । बजारको दिन बजार जाने भन्दै हामी झगडा गर्थियौ । विचरा ममिले १ रुपया दिनुहुन्थ्यो त्यही पैसाले भुजाका डल्ला किन्थ्यौ पैसा सकिहाल्थ्यो । अनि अरुले खाएको टुलु टुलु हेर्यो फर्कियो दुःख थियो ।

     

     व्यवसाय तथा नाट्य क्षेत्रमा कसरी आउनुभयो ?
    म सानैदेखी एकदमै इमानदार जाँड, रक्सी, चुरोट, गाजा ,जस्ता लागुऔषध तिर कहिल्यै ध्यान गएन । मलाई जाड रक्सी खाने र खाएर घरमा आएर स्वास्नी कुट्ने बाउ आमा संग झगडा गर्ने मान्छे देखी एकदमै घृणा लागेर आउने गर्थ्र्यो र गर्छ । अर्को कुरा मलाई सानै देखी गरिब दुखीको एकदमै माया लाग्थ्यो । घरमा चामल माग्ने आउथे । घरमा अरुले दिदा सानो पिलेटमा चामल दिनुहुन्थ्योे मलाई गरिब दुःखीको भित्रैदेखी माया लागेर आउने । घरमा कोही छैन भने म ति माग्नेहरुलाई लुकाएर एक थाल चामल दिने गर्थे । अनि सोच्थे ठुलो भएर म पनि यस्ता गरिब दुःखीका लागि काम गर्नेछु । समाजका लागि काम गर्नेछु । जव मैले एस. एल. सी. पास गरे म दमक बहुमुखी क्याम्पसमा आई. कम प्रथम वर्षमा भर्ना भए म दिदीको घरमा बसेर कलेज आउने जाने गर्थे । आई कम को दुई वर्षको अध्यायन पछि मैले विविध कारणबस पढाईलाई निरन्तरता दिन सकिन त्यसपछि म वेरोजगार जस्तै भए । एउटा वेरोजगारीलाई घरदेखी लिएर गाउटोलमा हेर्ने दृष्टिकोणमा नि फरक परिहाल्छ । त्यसपछि मईले आफै काम खोजेर दमकमा औषधी पसल मा छ महिना काम गरे । घरबाटै साईकलमा आउने जाने गर्थे। दिनमा लगभग तिस किलोमिटर साईकलको यात्रा गरेर काम गर्थे म । त्यसपछि अरुसगै उर्लाबारीमा वाईरिङको काम गरे । एकदिन उर्लाबारी बजारको दिन थियो । गाउबाट सबै नया लुगामा बजार गईरहेका दृश्यहरु म देखीरहेको थिए । वाइरिङको काम इटा काट्नुपर्ने सबै धुलै धुलो हुइन्थ्यो । मनमा कसैले नदेखेपनि हुन्थ्यो भन्ने लाग्थ्यो । अरुकोमा काम गर्ने मान्छेले जता काम गर भनेपनि गर्नैपर्ने बाध्यता मलाई बजारको दिन त्यो पनि बजार जाने बाटोमै हातमा हम्मर र छिनोले ईटा काट्दै गर्दा गाउबाट जाने धेरै साथिहरुले देख्नु भयो मलाई मनमा एकदम नराम्रो फिलिङ भयो । मईले त्यो दिनबाट काम छोडे । मनमनै सम्झे अब यसरी मईले अरुकोमा काम गरेर मात्र हुदैन मैले आफै केही गर्नुपर्छ भन्ने सोच बनाए । त्यसपछि पैसाको बन्दोवस्त गरेर घरपरिवार संग सरसल्लाह गरे र फोटोग्राफी र मिक्सिङ सम्बन्धी ६ महिने कोष गरे । दिनभर इन्सिच्युटमा सिक्थे अनि घरमा आएर रातको १२ बजेसम्म ल्याप्टोप चलाएको चलाई गर्थे । मनदेखीनै केही गर्नुपर्छ भन्ने भएपछि मान्छेले गर्दोरहेछ । मईले पनि सफल रुपमा कोष पुरा गरे । लगभग सबै आइडियाहरु लिए मैले र आफ्नै क्षेत्रमा फिर्ता आए। त्यसपछि पैसाको चाजोपाजो मिलाएर व्यवसाय सुरु गरे । सुरु सुरुमा त एकदमै गाह्रो भयो तर पनि हिम्मत हारिन विस्तारै विस्तारै व्यवसायले राम्रै गति लियो । मेरो एउटा सपना त पुरा भयो अब म विस्तारै युवा भाईहरुसंग परिचित हुदै गए । भाईहरु कलाकारितामा अगाडि बढ्न चाहने जस्तो विचार बुझे । कलाकारिताबाट पनि समाजमा केही गर्न सकिन्छ भन्ने सोचले हामीले एउटा संस्था स्थापना गरेर समाज र गरिब दुःखीहरुका लागि काम गर्नुपर्छ भन्ने सोच बनायौ । यसमा सबै सहमत भयौ । आदरणीय दाजु भण्डारीले कतारमा बस्दा धरानको आरम्भ नाट्य डबली धरान नामक संस्थासंग परिचित हुनुहुदो रहेछ त्यसपछि उहाकै माध्यमबाट धरानका वरिष्ट कलाकारहरुको उपस्थितीमा आरम्भ नाट्य डबली रतुवामाई नामक संस्था स्थापना गरि गरिब असाहय र समाजका लागि धेरै काम गरिसक्यौ ।

     अरु केही बन्ने सपना थियो की ?
    मेरो अर्को पनि एउटा सपना थियो । पत्रकार बनेर सत्यका पक्षमा समाज र देशका लागि कलम चलाउने अनि मिडियाकार्मीका रुपमा काम गर्ने । तर सुरुमा अवसर मिलेन अहिले रेडियो सुनाखरी लगायत विभिन्न सञ्चारमाध्यममा अवसर पाउदा पनि मैले कार्यव्यस्ता संगै व्यवसायका कारण समय उपलब्ध गराउनै सकिरहेको छैन ।

     कसैले ल्याएको हो या आफै आउनुुभयो ?
    व्यवसायमा भने अरुकोमै काम गर्दै जादा माथि मईले भने जुन नराम्रो फिलिङ भयो त्यसपछि मइले अब आफै केही गर्छु भन्दै हिम्मतकासाथ आफै आएको हो भने यो नाट्य क्षेत्रमा पनि माथि भनिसकोको छु मईले सानैदेखीको सोख गरिब दुखी असाहय र समाज रुपान्तरणका लागि काम गर्ने इच्छाशक्तिले गर्दा आफैनै भन्नुपर्छ सबैे अग्रज दाईहरु भाई बहीनीको साथ र सहयोगले गर्दा ।

     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    हरेक काम कहा सजिलै हुन्छ र कुनै पनि कामको लागि संघर्ष त गर्नैपर्छ व्यवसायमा पनि संघर्ष त गर्नु नै पर्यो साथै संस्थाका लागि पनि ठुलो संघर्ष गरेर आएका हौ । यसअघिपनि मइले विभिन्न सञ्चारमाध्यममा कारणसहित भनिसकेको छु ।

     आफ्नै नजरमा समिर के हो र कोहो ?
    हुन त आफ्नो प्रंसंसा आफै गरेको राम्रो होईन तर भन्नै पर्छ भने एउटा इमान्दार, सच्चा लगनसिल, मिहेनती र परिश्रमी निश्वार्थ रुपमा समाजका लागि पनि केही जिम्बेवारी वोकेर अगाडि बढेको युवा साथै व्यवसायिक रुपमा हेर्दा एउटा फोटोग्राफर मात्र हो ।


     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
    मलाई ठुलो भएर चिनिनु छैन एउटा सामान्य व्यक्तिका रुपमा नि चिनिन चाहन्छु ।

     आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
    म जस्तोसुकै आपतकालिन परिस्थितमा पनि भविष्यसम्म सोचेर मात्र त्यसको ठोस निर्णय लिन्छु हतारमा गरेको निर्णयले भविष्यमा गएर असर नगरोस
    अर्को कुरा निश्वार्थ छु कुरो लुकाउन छल्न ढाट्न झुठ बोल्न कहिले जानिन ।

     अनि कमजोर पक्ष चहि नी ?
    चाडो विश्वास गरिहाल्छु अनि दुःख पाउछु ।

     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    नकरात्मक पक्ष भन्दा सकारात्मक पक्ष लाई बढी लिएर हेर्ने गर्छु ।

     तपाईलाई कति खेर रिस उठ्छ ?
    जव म कसैलाई धेरै नि विश्वास गर्छु अनि विश्वासघात भएको खण्डमा बढी भन्दा बढी रिस उठ्छ ।


     अनि कतिखेर भावुक हुनहुन्छ ?
    कुनै समय एकदमै नजिक भएका उनी र अहिले धेरै नै टाढा छौ । जब मोबाईलको ग्यालरी खोल्छु । उनका तस्बिरहरु भेट्छु । सामाजिक संजालमा उनलाई अनलाईन देख्छु उनी नबोल्दा त्यतिखेर म एकदमै भावुक हुने गर्छु ।

     तपाई कतिको संयमित हुनुहुन्छ ?
    एकदमै संयमित नि छु जस्तो लाग्छ मलाई अरुले कसरी हेर्नुहुन्छ त्यो म भन्न सक्दिन ।

     अनि कतिखेर खुुसी हुनुहुन्छ ?
    सर्वप्रथम त बाटोमा हिडिरहेको बेला एउटा सानु भाईले पनि समिर दादा कता हिड्नु भएको भनेर सोध्छ त्यो क्षण एकदम खुसि हुन्छु । म केटाकेटीलाई एकदमै माया गर्छु । समाजमा केटाकेटी देखी वृद्धवृद्धा सबैको नजरमा एउटा वेग्लै रुपमा परिचित छु त्यतिबेला मलाई ज्यादै खुसि लागेर आउछ । जब समाजमा आफ्ना तारिफहरु सुन्छु । धेरै भन्दा धेरै अपरिचित संघ संस्थाहरु सम्र्पकमा आउनुहुन्छ समिर जि सहकार्य गरेर अगाडि बढुम न है भन्दै सम्र्पक गर्नुहुन्छ त्यो क्षण म ज्यादै खुसि हुन्छु ।

     तपाईका दुःखहरु के हुन् ?
    मेरा इष्ट मित्र साथि संगी आमा बुवा आदी सबैका दुःख नै मेरा दुःख बराबर हुन ।

     अनि तपाईको सुख चाहि नी ?
    व्यवसायले लिएको गति र म अध्यक्ष भएर संचालन भईरहेको संस्थाले गरेका प्रगति नि मेरा सुख हुन ।

     तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
    यो मैले आफै प्रत्यक्ष भोगेको क्षण प्रेमले मान्छेलाई अन्धो बनाउछ भन्ने सुनेको मात्र थिए कोही स्टेज स्टेज गित गाउदै हिडेको देख्ते, कोही गजल लेख्दै गरेको भेट्थे, मैले प्रत्यक्ष रुपमै भोगेको थिइन जुन पागलपन हुन्छ नि म पनि भन्ने गर्थे जाबो मान्छे एउटा केटा÷केटी मा किन मरिहत्ते गर्या होला खासमा त्यस्तो हुदैन रहेछ । जब मान्छे आफैले भोग्छ अनि मात्र उसले बुझ्दो रहेछ ।

    सायद यो मेरो विर्सन नसक्ने त्यो क्षण नि भन्नुपर्छ । मान्छेलाई मन पराउछु भन्ने पक्कै पनि धेरै नि हुन्छन मेरो जिवनमा मलाई मन पराउने धेरै नि थिए अहिलेको समय जसले नि इमानदार मान्छे नि खोजिरहेको हुन्छ । मेरो जिवनमा पनि एउटा त्यस्तै घटना घट्यो मइले पनि धेरैको भिडबाट एकजनालाई विश्वास गरेर धेरै भन्दा धेरै माया गरेको थिए । उनले पनि मलाई धेरैनै माया देखाउने गर्थिन हामी धेरैनै नजिक भएर कुरा गर्थिम, म उनको नाम लिएर उनलाई अफ्ठ्यारो पार्न चाहन्न । उसको पनि जिन्दगी हो, व्यवारिक कुराहरु पनि धेरै हुन्थे मैले कल्पना पनि गरेको थिइन । भविष्यमा गएर त्यस्ता दिन आउलान भनेर, अन्त्यमा गएर उनी एकाएक टाढा हुदै गईन एकदिन दुई दिन गर्दै उनी मौसम झै बदलिएर म संग बोल्न छोडिन । विना गल्ती मेरा धेरै सपनाहरु लथालिङ्ग र भताभुङ्ग पारेर उनी गएको क्षण नि मेरो जिवनको सबैभन्दा दुःखद र जिवनभर विर्सन नसक्ने क्षण हो ।

     अनि खुसीको क्षण चहि नी ?
    मेरो धरैजना मलाई माया गर्ने दिदीहरु हुनुहुन्छ रगतको नाता नभएपनि आत्मियता को नाताले मैले मलाई धेरै माया गर्ने प्राप्ती नाम गरेकी मेरी बहीनी पनि पाए त्यही क्षण नि मेरो सबैभन्दा खुसिको क्षण ।

     तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?

    जुन वेला म आफै व्यवसायको थालनी गर्दै थिए त्यो व्यवसाय गर्छु भनेर मात्र हुदैनथ्यो त्यसमा लाग्ने लगानी जुटाउनै पर्ने त्यो रकम कसरी जुटाएर व्यवसाय थालनी गरेर समाजमा स्थापित हुने भन्ने समस्या नि जिवनको अफ्ट्यारो मोड थियो ।

     त्यसलाई के को बलमा पार गर्नुभयो ?
    जुन मानिसमा एउटा लगनशिलता हुनुपर्ने हिम्मत र आफन्तजनहरुको सर सहयोगमा नि मैले यसलाई पार गरे

     अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
    व्यवसाय संगै समाजरुपान्तरणको थालनी नि मेरो सही निर्णय हो जस्तो लाग्छ मलाई ।

     अनि गलत चहि नी ?
    कसैलाई धेरै भन्दा धेरै माया गरेर आफ्नो जिवनमा भित्राइएको दुःख नि गलत निर्णय जस्तो लाग्छ ।

     सबैभन्दा पछुुतो लागेको क्षण ?
    माया गर्छु भन्ने धेरै हुदाहुदै पनि अरुको मायालाई लत्याएर कोही गलत मान्छेलाई रोजेको क्षण नि मलाई पछुतो लागेको क्षण भन्नुपर्छ ।

     अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
    सायद सबैभन्दा बढी पनि त्यही क्षण रोएको थिए म जव उनले मलाई अनेक सपना देखाएर धोका दिएकी थिईन ।

     अन्तिम पटक कहिले रुनुु भयो किन ?
    अन्तिम पटक पनि म त्यही समय रोएको थिए जब मईले उ संग देखेका सपना लथालिङ्ग र भताभुङ्ग भए ।

     तपाईलाई कस्तो मान्छे मन पर्छ ?
    गरिबलाई माया गर्ने, सामाजिक क्षेत्रमा रुची भएको, निश्वार्थी, सबैको इज्जत गर्न जान्ने, लगनशिल एवंम् परिश्रमी, भाग्यमा भन्दा बढी कर्ममा विश्वास गर्ने मानिस नि मन पर्छ ।

     अनि कस्तो मन पर्दैन ?
    मलाई राजनितिको कालो खोल ओडेर फोहोरी खेल खेलेको पटक्कै मन पर्दैन । हुन त म पनि नेपाल कम्न्युष्टि पार्टीको क्रियाशिल सदस्य युवा संघ को रतुवामाई नगर कोषाध्यक्ष मा आवद्ध पनि छु तरपनि राजनिति सहि ठाउँमा मात्र गर्नुपर्छ भन्ने धारणा हो । सहि लाई सहि गलत लाई गलत सावित गर्न सक्नुपर्छ भन्ने मान्छे हो म । ठुटे राजनिति गरेर गलत सावित भएका आफ्ना कार्यकर्ता जोगाउने प्रवृति मईले धेरै देखेको छु । समाज विगार्ने भनेकै यस्तै गाउँका ठुटे नेता र कार्यकर्ता जोगाउने प्रवृतिले हो । म आफ्नै ठाउँमा नि सुन्ने गर्छु बेला बेला एउटा गलत व्याक्तिलाई प्रहरी प्रसासनले पकडेर सजाएको लागि लादैगर्दा नै प्रहरी चौकीमा माथिल्लो निकायबाट फोन आईसकेको हुन्छ । र उक्त व्याक्तिलाई प्रहरी प्रसासन छोड्न बाध्य हुन्छ । अब समाज कसरी सुद्रिएला त त्यो गलत व्याक्तिलाई अब थप हौसला मिल्ने भयो उसले फेरी यस्ता कार्यहरु दोहोर्र्याईरहन्छ । यदि गलत व्याक्तिलाई राजनितिको फोहोरी खेल नगरी २,४ जना लाई सजाएको भागिदार बन्न छोडिदिने हो भने हाम्रो समाजमा हुने गरेका विकृति विसंगति कुविचार ७५ प्रतिशत आफै सुद्रिएर जान्छ । त्यसैले मलाई राजनितिको नाममा समाज विगार्ने मान्छे मन पर्दैन ।

     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
    जो अरुको बढी चियो चर्चो गर्छ म त्यस्ता मान्छेलाई घृणा गर्ने गर्छु ।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    एउटा व्यवसायिलाई फुर्सद नि कहा मिल्छ र । फुर्सद भईहालेको खण्डमा चलचित्रहरु हेर्ने, इन्टरनेटमा नया नया कुराहरु खोजी गर्ने, सामाजिक सञ्जालमा देश विदेशमा रहेका साथिहरुसंग कुराहरु गर्ने आदि इत्यादि गरेर नि समय वित्ने गर्छ ।
     व्यवसाय बाहेक तपाईको रुचीको क्षेत्र ?
    व्यवसाय वाहेक म बढी सामाजिक कामकै लागि बढि समय खर्चिने गर्छु र मेरो रुची समाजसेवा नि भन्नुपर्छ ।

     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    शिरिषको फुल

     कस्ता फिल्म हेर्नुुहून्छ ?
    लभ स्टोरी

     तपाईलाई मनपर्ने फिल्म ?
    दर्पणछायाँ २

     दोहोराएर हेर्नुभएको फिल्म ?
    साथी

     तपाईलाई मन पर्ने हिरो हिरोइन ?
    निखिल उप्रेती र शिल्पा पोखरेल

     तपाईलाई रुवाएको फिल्म ?
    सन्तानको माया

     मनपर्ने गायक–गायिका ?
    प्रमोद खरेल र अञ्जु पन्त उनीहरुका केही गित आफ्नै लागी बनेका हुन कि जस्तो लाग्छ ।

     मनपर्ने ठाउँ
    पोखरा

     मनपर्ने खाना ?
    गुन्द्रुक


     मनपर्ने पोसाक ?
    आफुले नलगाएपनि दौरा सुरुवाल नि मन पर्छ ।

     तपाईलाई मनपर्ने नेपालका नेता ?
    स्व. मदन भण्डारी

     अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
    माहात्मा गान्धि

     नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
    गगन थापा

     तपाईको आदर्श को हो, किन ?
    जसरी आलु जुन शव्जीमा पनि मिल्छ त्यसरीनै केटाकेटी देखी बुढाबुढी सम्म सबैसंग ठिक्क छु । किनकी मलाई जिवनमा म ठुलो हो भन्ने भाव कहिल्यै आएन । र चाहिने भन्दा बढी म कहिल्यै पनि बोल्दिन । त्यसैले होला आजसम्म सबैको नजरमा राम्रो देखिनु नि मेरो आदर्शपन हो ।

     नेपालका मन पर्ने साहित्यकार ?
    भनुभक्त आचार्य

     आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
    एकदमै गुनासो छ अझ सम्पन्न परिवारमा जन्मिएर अवसरहरु पाएको भए यो समाज, नगर र यस क्षेत्रका लागि अझ केही गर्न सक्थे जस्तो लाग्छ । कतिपय अवस्थामा मन ले मात्र कहा हुन्छ र धनको पनि आवश्यक पर्दो रहेछ त्यतिबेला बढी गुनासो लाग्छ मलाई ।

     अनि यो समाजप्रति चहि नी ?
    समाजप्रति गुनासो लाग्छ बेला बला । उदारहणका लागि यदि कुनै संस्थाले सरसफाई अभियान चलायो । हामी त्यसलाई सहयोग गर्न तर्फ लाग्दैनौ । घरमाथि बसेर हामी रमिता हेर्ने गर्छौ । यदि त्यो चलाएको सरसफाई अभियानमा हामी सबैले १० मिनेट मात्र समय दिने हो भने फाईदा अर्को ठाउको मान्छेलाई हुने हैन । वातावरण हाम्रै ठाउको सफा हुने त्यस तर्फ हाम्रो ध्यान कहिल्यै गएन । बरु हामी फलानो अगाडि बढेर हामी पछाडी पर्ने भयौ भनेर उसको खुट्टा तान्न तर्फ लाग्छौ । बाटोमा खाल्डा परो हामी सरकारलाई कराउछौ तर हाम्रो ध्यान कहिल्यै एक चपरी माटो हालेर खाल्डो पुर्दा आफ्नै घरअगाडिको बाटो राम्रो हुन्छ भन्नेतर्फ गएन । हामी फलानोलाई जिताको फलानोले गरेन भनेर सरकारलाई र स्थानिय निकायलाई गालि मात्र गरिरयौ त्यही भएर हाम्रो समाज कहिल्यै अगाडि बढ्न नसकेको हो की जस्तो लाग्छ । र यो समाजप्रति गुनासो लाग्छ ।


     जीवन के रहेछ ?
    जीवन एउटा संघर्षपुर्ण यात्रा हो भन्नुपर्छ ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    वाकी योजना पनि धेरै छन । जनचेतनाको अभावले रतुवामाईका दक्षिणी भेगका वस्तीहरुमा तिलक (दाईजो) माग्ने चलन चलिआएकै छ यसका लागि पनि केही सचेतनाका काम गर्नैपर्ने देखेको छु, सोही क्षेत्रमा खुल्ला रुपमा दिशापिसाब गर्ने प्रवृदिले वातावरणमा ल्याएको असर, उर्लाबारी वरडङ्गा सागुरो सडक खण्डले वाक्लो रुपमा निम्त्याउदै गरेको दुर्घटनाका लागि टोल टोल तथा यस क्षेत्रका विद्यालयहरुमा सचेतना कार्यक्रम, यसरी नि स्थानिय निकाय र सरकारी निकायवाट सर सहयोग प्राप्त हुदै गएको खण्डमा विभिन्न जनचेतनामुलक कार्यक्रम, सिपमुलक मात्र नभएर सिप संगै उपलब्धि हुने खालका कार्यक्रमहरु ल्याएर यो समाज र क्षेत्रका लागि अझै धेरै काम गर्न वाकी रहेको महसुस गरेको छु । यस क्षेत्रलाई आरम्भ नाट्य डबली रतुवामाईका माध्यमबाट देश विदेशसम्म चिनाउने योजना बनाएको छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…