• विराटनगर।  नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब बस्ने महासमितिको बैठकबाट काङ्ग्रेसले नयाँ जीवन्त प्राप्त गर्ने बताउनुभएको छ । मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले काङ्ग्रेसका कार्यकर्तालाई आवश्यक जोशका लागि नेतृत्व तह एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान सफल कार्यान्वयन र सङ्घीयता व्यवस्थापन गर्नु नै काङ्ग्रेसको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले विगतको निर्वाचनको पराजयबाट पाठ सिकेर काङ्ग्रेसले आफूलाई परिमार्जन गर्दै जनताको बीचमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अर्का केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले दुई तिहाइको बहुमतको सरकारले जन चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । नेपाली काङ्ग्रेस रतुवामाई नगर समितिका अध्यक्ष जीवन पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, नेका केन्द्रीय सदस्य डा डीला सङ्ग्रौला, राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशका नेकाँ सचेतक केदार कार्की, पूर्वमन्त्री दिलीप गच्छदार, नेकाँ मोरङ सचिव मोदराज घिमिरेले पार्टीका केन्द्रीय नेतृत्वबीच एकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…