• कुशुम भट्टराई

    हाम्री चेली कोकिल कण्ठी गायिका मेनुका पौडेलले जी टिभीको सारेगमप साँगीतिक प्रतिश्पर्धामा अहिले भर्खरै मेगा अडिशनमा पनि बिजय हासिल गरेकी छन् र जुरीबाट ९५ प्रतिशतभन्दा बढी अँक पाएर अन्य कलाकारलाई विस्थापीत गरी जजको घरानामा स्थान सुरक्षित गरेकी छिन् । त्यो दृश्य हेरीरहँदा मेरा आँखा रसाए, हर्षले विभोर भएर ।

    मलाई खेद छ उनीहरुप्रति, जसले स्वदेशमा मेनुकाको प्रतिभा चिन्नै सकेनन् र उनलाई उत्कृष्ठ दशमा पनि नपारी एलीमिनेट गरे । 
    आज लाग्दैछ, हिरारत्नलाई चिन्न, हिराकै विज्ञ हुनुपर्छ । कुन प्रतिभामा के कस्तो दम छ भनेर चिन्न सोहीस्तरको जज हुनुपर्छ । मेनुकाको प्रतिभाको उच्चतालाई जाँच्नसक्ने ल्याकत नेपाली सँगीतका ‘उध्रेका चोली’हरुमा नहुनु स्वाभाविकै थियो । आफैले सुरमा गाउन नसक्नेहरुले, आफैले शास्त्रीय बान्की पकडन नसक्नेहरुले मेनुकाको सुरको उच्चता खुटयाउनै नसक्नु एक हिसाबले स्वाभाविकै हो ।
    तर, प्रतिभा प्रकाश हो, त्यसलाई नेपालका पांगदुरेहरुले छेकेर छेकिने कुरा त थिएन, आखिर मेनुकाको स्वर प्रकाशको किरण आज सारा विश्वभरी फैलीएको छ । मेनुका नाद आज सारा सँसारभर गुन्जीएको छ ।



    यो देख्दा कम्तीमा नेपाल आइडलवालालहरुलाई लाज चाहिँ पक्कै लागिरहेको होला, थकथकी पक्कै लागिरहेको होला ।

    हार्दिक बधाई मेनुका बैनी, किप इट अप ।

    पत्रकार कुशुम भट्टराईको फेसबुक स्टाटस साभार गरिएको

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…